• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वडाध्यक्ष राईले महिना दिनको सेवा सुविधा ‘विपद व्यवस्थापन कोषमा’ जम्मा गर्ने

वडाध्यक्ष राईले महिना दिनको सेवा सुविधा ‘विपद व्यवस्थापन कोषमा’ जम्मा गर्ने

दुई परिवारलाई चैत महिनाको भाडा छुट


समायोजन खबर
  • बिहिबार, बैशाख ४ २०७७

  • लफ्याङका वडाध्यक्ष निर्मल राई श्रीमतीको साथमा ।

    चिसाङ शेर्पा खोटाङ, खोटाङको एक स्थानीय तहका एक वडाध्यक्षले महिनाको सेवा सुविधा विपद व्यवस्थापन कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राईले एक महिनाको सेवा सुविधा वापतको रकम कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धी कोषमा जम्मा गर्ने बिहीबार घोषणा गरेका छन् ।

    समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष राईले कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनको मारमा परेका ज्यालादारी मजदुरको सहयोगार्थ एक महिनाको करीव २० हजार बराबरको सेवा सुविधा वापतको रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

    ‘लकडाउन’ले बिहान बेलुकाको छाक टार्नमा समस्या भइरहेका विपन्न परिवारको राहतका लागि सेवा सुविधावापतको रकम कोषमा जम्मा गर्ने घोषणा गरेको वडाध्यक्ष राईले सुनाए । जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धी कोषमा आफ्नो सेवा सुविधा वापतको रकम जम्मा गर्ने वडाध्यक्ष राई संम्भवत पहिलो ब्यक्ति हुन् ।

    यसैबीच, वडाध्यक्ष राईले आफ्नो दिक्तेलको जिल्ला अस्पताल नजिकै रहेको घरमा डेरामा बसिरहेका दुई परिवारलाई चैत महिनाको भाडा छुट दिने घोषणा पनि गरेका छन् । भाडामा बसिरहेका स्थानीय ‘लकडाउन’का कारण मारमा परेकाले एक महिनाको घर भाडा नलिने निर्णय गरिएको वडाध्यक्ष राईले बताए । २०७७ बैशाख ४ गते अपरान्ह ३ : २६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology