• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुधकोसीमा डुबेर मृत्यु

दुधकोसीमा डुबेर मृत्यु


समायोजन खबर
  • आइतबार, चैत्र ३० २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा खर्कबारीका १५ वर्षीय सविन राईको दुधकोसीमा डुबेर मृत्यु भएको छ । माछा मार्न तन्ने जाल थाप्नेक्रममा सोही जालमा बेरिएर नदीमा डुब्दा राईको आईतबार मृत्यु भएको हो ।

    बिहान ११.५५ बजे सोक्माटार जोड्ने झोलुंगे पुलभन्दा मुनिबाट नदीले बगाएका राईलाई करिब ६० मिटर तल तालले बेरेको अवस्थामा दिउँसो १.३० बजे मृत फेला पारिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

    बाहुनीडाँडाको झापामा मुल घर भए पनि हाल खर्कबारीमा बसिरहेका उनी जाल थाप्नेक्रममा जाल डुबेपछि निकाल्न लाग्दा जालमै बेरिएर निस्कन नसक्दा पानीमा डुबेको अनुमान गरिएको छ । सविन ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माबिमा कक्षा ९ मा अध्ययनरत थिए ।२०७६ चैत ३० गते अपरान्ह ३ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology