• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राहत वितरण तेश्रो दिन : १८९ परिवारले पाए राहत

राहत वितरण तेश्रो दिन : १८९ परिवारले पाए राहत


समायोजन खबर
  • शुक्रबार, चैत्र २८ २०७६

  • डाँडागाउँका सर्वसाधरणलाई राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले राहत वितरण थालेको तेश्रो दिन १८९ परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको संम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनले प्रभावित बनेका गाउँपालिकाका अति विपन्न र विभिन्न प्रकृतिका परिवारलाई राहत वितरण गरेकोे हो ।

    गाउँपालिकाले असंगठीत श्रमिक वर्ग, दलित सुमदाय, अल्पसंख्यक सिमान्तकृत, एकल महिला(कसैको पनि संरक्षणमा नबसेको), ‘क’ वर्गका अपांग (दलित/अल्पसंख्यकमा नपरेको), सुकुम्वासी र अति विपन्न परिवारलाई राहत दिइरहेको छ ।

    राहत वितरणको तेश्रोे दिन शुक्रबार डाँडागाउँका १०४ परिवार र छोरम्बुका ८५ परिवालाई २५ केजी चामल, १ केजी नुन, खाने तेल १ प्याकेट, २ केजी दाल र तरकारी वितरण गरिएको गाउँपालिकाले जनाएको छ । राहत गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, छोरम्बुका वडाध्यक्ष इन्द्र बहादुर बस्नेत, कार्यापालिका सदस्य सिता राई, वडा सदस्य तुलस कुमार राई, अमृत गिरी, लिला बहादुर तामाङ र कृषि प्राविधिक लक्ष्मी प्रसाद रेग्मीलगायतले वितरण गरेका थिए ।

    गाउँपालिकाले भने पालिकावासीले उत्पादन गरेकै तरकारी खरीद गरेर राहतको रुपमा तरकारी पनि वितरण गरिरहेको छ । लकडाउनका कारण साप्ताहिक हाटबजार बन्द गरिएकाले सडेर जाने तरकारीजन्य कृषि उपज खरीद गरिरहेको हो । गाउँपालिकाले याम्खा र डाँडागाउँका कृषकले उत्पादन गरेको ४६८ केजी आलु र २५ केजी बन्दा खरीद गरेर डाँडागाउ र छोरम्बुका राहत पाउने सर्वसाधरणलाई तरकारी पनि दिएको हो ।
    यसैविच, शनिबार याम्खा र टेम्मामा राहत वितरण हुने जनाइएको छ । यसअघि बतासेका १४५, सछितापोखरीको ६७ र छितापोखरीको ३९ घर परिवारलाई प्रतिपरिवार चामल २५ केजी, २ केजी दाल, १ केजी नुन, १ प्याकेट तेल राहत वितरण गरेको थियो ।२०७६ चैत २८ गते राती ८ : ०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology