चिसाङ शेर्पा खोटाङ, खोटाङ यातायात प्रालि खोटाङले बसका चालक, सहचालक र ग्यारेजमा काम गर्ने श्रमिकलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनले घर जान नपाएका तथा गाँस गुमेका १६ जना श्रमिकलाई खाद्यान्न सहयोग गरेको हो ।
खोटाङ यातायात प्रालिमा आवद्ध चालक, सहचालक र दिक्तेलबजार आसपास ग्यारेजमा काम गर्ने श्रमिकहरुलाई बुधबार प्रतिब्यक्ति साढे १२ केजी चामल, नुन, तेल, दाल, चिनी १/१ केजी र चियापती, सावुन, विस्कुट वितरण गरिएको प्रालिले जनाएको छ । उनीहरुलाई दिक्तेलस्थित रत्नपार्क जिरोप्वाइन्टमा प्रालिका महासचिव रामकुमार हिङमाङ, कोषाध्यक्ष गोबिन्द बहादुर कट्वाल लगायत यातायात व्यवसायीको टोलीले खाद्यान्न वितरण गरेका थिए ।
बसका चालक, सहचालक र ग्यारेजमा काम गर्नेहरु अधिकांस जिल्ला बाहिरका हुन् । लकडाउन अवधिमा सवै गाडीहरु बन्द भएको तथा ग्यारेजहरु पनि बन्द भएकाले आम्दानी स्रोत गुमेकाहरुलाई राहत वितरण गरिएको खोटाङ यातायात प्रालिका महासचिव राम कुमार हिङमाङले बताए । वितरण गरिएको राहतले करीव १५ दिनलाई पुग्ने उनको भनाई छ । प्रालिले २२ हजार बढीको राहत वितरण गरेको हो ।
यस्तै, आजै प्रालिले लकडाउनको समयमा ड्युटीमा खटिने सुरक्षाकर्मीलाई मिनिरल वाटर २० काटन, फ्रुटी १० काटन, चाउचाउ २० काटन, बिस्कुट ६ काटन, सावुन ७० पिस, सेनिटाइजर २ पिस, ग्लोब्स ६ पिस र मिक्स जुस ३ पिस सहयोग गरेको थियो । सुरक्षाकर्मीलाई ३५ हजार बराबरको सहयोग गरेको होे ।२०७६ चैत २६ गते साँझ ६ :१२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology