चिसाङ शेर्पा खोटाङ, खोटाङ यातायात प्रालि खोटाङले लकडाउनको समयमा ड्युटीमा खटिने सुरक्षाकर्मीलाई पुर्नताजकि खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउन सुरक्षामा खट्ने सुरक्षाकर्मीलाई आज (बुधबार) सहयोग गरेको हो ।
प्रालिका महासचिव रामकुमार हिङमाङ, कोषाध्यक्ष गोबिन्द बहादुर कट्वाल लगायत यातायात व्यवसायीको टोली जिल्ला प्रहरी कार्यालय दिक्तेलमा पुगेर प्रहरी नायब उपरिक्षक बामदेव गौतमलाई मिनिरल वाटर २० काटन, फ्रुटी १० काटन, चाउचाउ २० काटन, बिस्कुट ६ काटन, सावुन ७० पिस, सेनिटाइजर २ पिस, ग्लोब्स ६ पिस र मिक्स जुस ३ पिस हस्तान्तरण गरेकोे खोटाङ यातायात प्रालिले जनाएको छ ।
लकडाउन अवधिमा सवै पसलहरु बन्द हुने भएकाले सुरक्षामा खट्ने सुरक्षाकर्मीले कम्तीमा पानी, रेडिमेट खाजा खानलाई सहज होस भन्दै करीव ३५ हजार बराबरको पुर्नताजकि खाद्य सामग्री सहयोग गरिएको खोटाङ यातायात प्रालिका महासचिव राम कुमार हिङमाङले बताए ।
प्राप्त खाद्यान्न सामग्री जिल्ला प्रहरी कार्यालयमा राखेर सुरक्षामा खट्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र लकडाउनमा उद्धार गरेर प्रहरी नियन्त्रणमा राख्नुपर्ने नागरिकलाई प्रदान गरिने प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । सुरक्षाकर्मीका लागि आवश्यक खाद्यान्न तथा खाजाहरु हुंदाहुंदै पनि सरकारको सहकार्यमा साथ दिंदै सहयोग गरेकोप्रति प्रनाउ गौतमले धन्यवाद दिंदै लकडाउनको सवैले पालना गर्न आग्रह गरेका छन् ।
यस्तै, लकडाउनका कारण घर जान नपाएका खोटाङ यातायात प्रालिमा आवद्ध बस चालक, सहचालक र ग्यारेजमा काम गर्ने १६ जना श्रमिकलाई प्रालिले खाद्यान्न वितरण गर्ने भएको छ । उनीहरुलाई अहिले ४ वजे प्रतिब्यक्ति साढे १२ केजी चामल तथा नुन, तेल, दाल, चिनी १/१ केजी र चियापती, सावुन, विस्कुट वितरण गरिने जनाएको छ । २०७६ चैत २६ गते अपरान्ह ३ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology