समायोजन खबर खोटाङ, पार्किङ गरेर राखेको बाइक र मान्छे लड्दा एकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले टिमुरेका अन्दाजी ३४ वर्षीय वीर बहादुर राईको बाइकले किचेर ज्यान गएको हो ।
बुधबार वडा कार्यालय जाने सडकको डिलमा पार्किङमा राखिएको बा ३४ प ३७६५ नम्बरको बाईक चलाउन खोज्दा पल्टिएर अडाई मिटर तल सडकमै खस्दा राईको ज्यान गएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
बाईक चलाउन नजान्ने राईले पार्किङमा राखिएको बाईक चलाउन खोज्दा पल्टिएर बाईकको लेगाडले छातीमा वारपार छेड्दा राईको घट्नास्थलमै ज्यान गएको नगरप्रमुख राईले बताए । पहिला मान्छे खसेछ, त्यसमाथि बाईक खस्दा लेगाडले वारपार छेड्दा ज्यान गएको हो ।
ज्यान गुमाएका उनी आफ्नो कामका लागि वडा कार्यालयमा आएको बताइएको छ । उनको शव परिक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए ।२०७६ चैत २६ गते बिहान ८ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology