समायोजन खबर खोटाङ, उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेर दुर्छिम आएका व्यक्तीलाई क्वारेन्टाइनमा राख्ने विषयमा खोटाङ कांग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठको अभद्र व्यवहारप्रति उसकै नेता कार्यकर्ताले खेद प्रकट गर्दै बिरोध गरेका छन् ।
कोरोना संक्रमणको आशंका गरिएका नौ स्थानीयलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीमा बनाइएको क्वारेन्टाइनमा राख्ने विषयमा कांग्रेस सभापति श्रेष्ठले अवरोध पु¥याएको भन्दै कांग्रेसकै नेता तथा कार्यकर्ताले सोमबार संयुक्त विज्ञप्तिमार्फत बिरोध जनाएका हुन् ।
उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुष दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेपछि क्वारेन्टाइनमा ल्याएर राख्नेक्रममा अवरोध पु¥याइएको र अभद्र व्यवहार भएको भन्दै कांग्रेस क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराई, क्षेत्र नम्बर १ का उपसभापति लोकेन्द्र राजभण्डारी, तरुण दलका अध्यक्ष भिषण राई, नेविसंघका अध्यक्ष राजकुमार बस्नेत, ट्रेड यूनियन कांग्रेसका अध्यक्ष कृष्ण आचार्य, महिला संघकी अध्यक्ष रामकुमारी राई, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष प्रकाश घिमिरे, प्रेस यूनियनका अध्यक्ष उत्तम चौंलागाई र नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष मिलन कसजुले संयुक्त विज्ञप्ती निकाल्दै आफ्नै पार्टी सभापति विरुद्ध उत्रिएका हुन् ।
‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवारी बहन गर्नेक्रममा सिंगो नगर कार्यपालिकाद्धारा गरिएको उद्धार कार्यप्रति आफ्नै पार्टीका सभापतिद्धारा गरिएको अश्लील, अभद्र र गैरजिम्मेवार अभिव्यक्ती सुनेर, देखेर, पढेर हामी दुःखी, अचम्मित र स्तव्ध भएका छौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘कोभिड १९ को विरुद्ध मानव कल्याण र उद्धार गरेवापत मेयर इवन राई लगायतलाई धन्यवाद दिनु पर्नेमा उल्टै हप्काउनु, अश्लील गाली गर्नु न राजनैतिक न सामाजिक चरित्र हो । जिम्मेवार बन्न सकिन्न भने गैर–जिम्मेवार हुने स्वच्छन्द कसैलाई छैन ।’

क्वारेन्टाइनमा राख्ने विषयमा असहयोग गरेको भन्दै कांग्रेसकै नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालबाट विरोध जनाइरहेका बेला संयुक्त विज्ञप्ती आएको हो । उनीहरुले सभापति श्रेष्ठबाट भएको असहयोग र फोनमा गरेको अश्लील सम्वादप्रति दुःख व्यक्त गरेका छन् ।
कांग्रेस नेता तथा कार्यकर्ताले संकटको समयमा आफ्नो जीवनको परवाह नगरी अहोरात्र खटिने मेयर, उपमेयर, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी लगायतको योगदानको प्रशंसा गर्दै कर्तव्य बोधकासाथ अघि बढ्ने प्रेरणाको कामना गरेका छन् ।
स्वास्थ्यचौकीमा तयारी अवस्थाको क्वारेन्टाइनमा आईतबार नौ स्थानीयलाई राख्नेक्रममा सभापति श्रेष्ठले मानव वस्तीभन्दा टाढा क्वारेन्टाइन बनाएर राख्न भन्दै असहयोग गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले समायोजन खबरलाई बताएका छन् ।
अवरोधकाबीचमा स्वास्थ्यचौकीकै क्वारेन्टाइनमा संक्रमणको आशंका गरिएका व्यक्तीलाई राखिएको नगरपालिकाले जनाएको छ । भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा चैत १४ गते भागेका नेपाली आफन्तको घरमा बसिरहेको अवस्थामा चैत २३ गते फेला परेका थिए । २०७६ चैत २५ गते बिहान ८ : १५ मा प्रकाशित
यो पनि पढ्नुहोस, हलेसीको समस्या के हो ?
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology