• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना उपचार कोषलाई कांग्रेसको ४० लाख ७५ हजार

कोरोना उपचार कोषलाई कांग्रेसको ४० लाख ७५ हजार


समायोजन खबर
  • सोमबार, चैत्र २४ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर जनकपुरधाम, प्रदेश २ को सरकारले स्थापना गरेको कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषलाई नेपाली कांग्रेसले रु ४० लाख ७५ हजार प्रदान गरेको छ ।

    कांग्रेस प्रदेश २ समितिले त्यहाँको प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ४० लाख ७५ हजार रूपैयाँ जम्मा गरेको हो । कोषमा रकम सहयोगका लागि प्रदेश २ समितिअन्तर्गतका ८ जिल्लाका समितिले सहयोग गरेको बताइएको छ ।

    सहयाेग रकम हस्तान्तरण गर्न कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवलगायत उपस्थित थिए ।२०७६ चैत २४ गते साँझ ७ :५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology