Samayojan khabar

Advertisment

SKIP THIS

लफ्याङका ज्यालादारी गर्नेको गुनासो : वडाले हामीलाई छुटायो

लफ्याङका ज्यालादारी गर्नेको गुनासो : वडाले हामीलाई छुटायो




समायोजन खबर दिक्तेल, ‘लकडाउन’का कारण मर्कामा परेका लफ्याङका कतिपय वास्तविक ज्यालादारी मजदुरले राहत नपाएको गुनासो गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’को अवधिमा दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्नेक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका कतिपय वास्तविक ज्यालादारी मजदुरले खाद्यान्न नपाएको गुनासो गरेका हुन् ।

लकडाउनले काम गर्न नपाउँदा मारमा परेका ज्यालादारी मजदुर परिवारलाई ‘भोको नराख्ने’ निति अनुसार नगरपालिकाले प्रत्येक वडालाई एक लाख रकम उपलब्ध गराएको छ । उक्त बजेटबाट वडाले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण सुरु गरेको हो । वडामा ज्यालादारी मजदुर बाहेक अन्य आयश्रोत नभएका परिवारलाई पहिचान गरेर खाद्यान्न वितरण गर्ने भनिए गरिव तथा मजदुरलाई भन्दा हुनेखानेलाई राहत वितरण गरिएको गुनासो आएको हो ।

गुन्द्रि र टपरी बुनेर जिविको चलाउँदै आएकी लफ्याङकै ९० वर्षीया गजुरमाया राईले पहुँचवालाले मात्र खाद्यान्न पाएको गुनासो गरेकी छन् । उनले ‘लकडाउन’को मारमा परेको अवस्थामा पैसाको अभाव भइरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ता वितरणमा समेत वडाको ध्यान नगएको बताईन् । बैदेशिक रोजगारबाट आएका र विदेशमा आफन्त रहेका व्यक्तिका परिवारलाई पनि राहत दिइएको श्रोतले जनाएको छ । ‘अन्नपात बेचबिखन गर्दै आएका सम्पन्न घरपरिवारलाई राहत दिइएको छ,’ श्रोतले भन्यो, ‘हुनेखानेलाई राहत दिइयो, मजदुरलाई दिइएन ।’
वडाध्यक्ष निर्मल राईले भने वास्तविक मजदुरलाई मात्र राहत वितरण गरिएको बताए । ‘हुनेखानेले पनि राहत मागेका थिए । हामीले त्यस्ता मानिसलाई नदिएर गरिव तथा विपन्न घर परिवारको पहिचन गरि नितरण गरेका छौँ,’ वडाध्यक्ष राईले भने, ‘उनीहरुले खाद्यान्न पाएनन् भन्नु झुटो हो ।’ प्राविधिक कारणवश वास्तविक ज्यालादारी गर्ने मजदुर छुटेको भए आफूसँग सम्पर्क गर्न अनुरोध गर्दै त्यस्तो मजदुरलाई व्यक्तिगत नै सहयोग गरिने वडाध्यक्ष राईले सुनाए ।

लफ्याङमा १०३ घरलाई खाद्यान्न वितरण गरेको छ । एकल परिवारलाई १० केजी र एकजना भन्दा बढी सदस्य भएका परिवारलाई १५ केजीका दरले खाद्यान्न वितरण गरिएको वडा कार्यालयले जनाएको छ । १५ वडा रहेको नगरपालिकाका अन्य वडामा समेत विना मापदण्ड खाद्यान्न वितरण गर्दा कतिपय वास्तविक मजदुर खाद्यान्न पाउनबाट बञ्चित भएको गुनासो आइरहेको छ ।२०७६ चैत २४ गते अपरान्ह ३ : २१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology