• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका एक युवाको कोरोना परिक्षणः रिपोर्ट नेगेटिभ

खोटाङका एक युवाको कोरोना परिक्षणः रिपोर्ट नेगेटिभ


समायोजन खबर
  • सोमबार, चैत्र २४ २०७६

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा एकजनाको कोरोना भाइरसको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एकजनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नभएको पूष्टी भएको छ ।  फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पूष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठ्माण्डौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ काहुलेका राई थरका युवाको नमूना परिक्षणकाक्रममा कोरोना भाइरसको रिपोर्ट नेभेटिभ देखिएको हो ।

    विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परिक्षणकाक्रममा उनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । सँगै यात्रा गरेका युवतीमा कोरोना संक्रमण भएको पूष्टी भएपछि उनको नमूना संकलन गरेर परिक्षणका लागि चैत २१ गते राती धरान पु¥याइएको थियो ।

    घर आएको १४ दिनभन्दा बढि वितिसकेको भए पनि संक्रमण भए/नभएको यकिन गर्नका लागि उनको स्वाव परिक्षणमा पठाइएको थियो । कतिपय व्यक्तीमा बाहिर लक्षण नदेखिए पनि भित्र कोरोना भाइरस पोजिटिभ देखिने खतरा हुने सम्भावना देखिएकाले उनको स्वाव परिक्षणमा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘स्वाव परिक्षणमा नेगेटिम रिपोर्ट आएको जानकारी प्राप्त भएकोे छ,’ प्रजिअ पौडेलले भने, ‘अव संक्रमण भए÷नभएको दुविधा गरिरहन नपर्ने भएको छ ।’

    विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा चैत १२ गतेदेखि होम क्वारेन्टीनमा राखिएको थियो । सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टीनमा राखिएका छन् ।२०७६ चैत २४ गते दिउँसो १ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology