चिसाङ शेर्पा खोटाङ, नेपाली कांग्रेस खोटाङका उपसभापति धर्मराज पोखरेलले अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न गरिएको लकडाउनबाट प्रभावित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका अति विपन्न ९० परिवारलाई सहयोग गरेको हो ।
शुक्रबार विजयखर्कको साविक १ र २ वडाका अति विपन्न ९० परिवारलाई प्रति परिवार १० केजी चामल, रातो दाल १ केजी, कालो दाल १ केजी, प्रति परिवार एक प्याकेट आयोडिन नुन र एक/एक वटा नुहाउने साबुन सहयोग गरेको उपसभापति पोखरेलले बताए । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्दै आएकाहरु लकडाउनले गर्दा खाद्य संकटमा परेकाले ६० हजार बराबरको सहयोग गरेको पोखरेलले सुनाए ।
आफ्नो जन्मस्थानका साविक नौ वडाभरीको अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्ने उद्देश्य रहेको उनले बताए । जसका लागि अति विपन्न परिवारको डाटा संकलन भइरहेको छ । समाजसेवामा निक्कै क्रियाशिल पोखरेलले जिल्लामा मात्रै नभएर देशैभर गरीव दिन दुखीको सेवा गर्दै आएको छ । २०७६ चैत २१ गते राती ८ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology