• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सहकारीले ‘लकडाउन’ अवधिको हर्जना छुट गर्ने

सहकारीले ‘लकडाउन’ अवधिको हर्जना छुट गर्ने


समायोजन खबर
  • शुक्रबार, चैत्र २१ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सहकारीले ‘लकडाउन’को अवधिको हर्जना छुट गर्ने भएका छन् । जिल्ला सहकारी संघ र नगरपालिकाभित्रका सहकारीको बिहीबार बसेको संयुक्त बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण सहकारी बन्द रहेको अवधिको हर्जना छुट गर्ने निर्णय गरेको हो । हर्जना छुट पाउनका लागि ऋणीले ‘लकडाउन’ खुलेको १५ दिनभित्र किस्ता बुझाउनु पर्ने निर्णय भएको सक्रिया वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

    बैठकले ऋण भुक्तानी गर्ने भाका ‘लकडाउन’ खुलेको मितिबाट एक महिना थप गर्ने, हाल भाका पुगेका ऋणको नवीकरण असार मसान्तसम्म गर्ने, ऋणीलाई नवीकरण सेवा शुल्कवापत २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । ‘लकडाउन’को मारमा परेका ग्राहकको सहुलियतका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको आग्रह अनुशार नगरभित्रका सहकारीले नयाँ व्यवस्थाको निर्णय गरेको जिल्ला सहकारी संघका अध्यक्ष अनिल जोशीले बताए । २०७६ चैत २१ गते बिहान ९ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology