समायोजन खबर खोटाङ, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारबाट प्राप्त भएको दुई लाख बजेट जिल्ला प्रशासन कार्यालय खोटाङलले पर्सनल प्रोट्याक्टिभ इक्वीपमेन्ट (पिपिई) खरिदमा खर्च गर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारबाट आएको बजेटबाट करिब ५० थान पिपिई खरिद गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
बिहिबार स्वास्थ्य कार्यालयलाई २ लाख रकम प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्राप्त रकमबाट पिपिई खरिदका लागि शुक्रबार स्वास्थ्य कार्यालयको प्रतिनिधि काठ्माण्डौं लागेको छ । केही दिनभित्रै पिपिई दिक्तेल आईपुग्ने छ । २०७६ चैत २१ गते बिहान ८ :३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology