समायोजन खबर खोटाङ,
कोरोना संक्रमण पुष्टि भएको युवतीसँगै नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको नमूना (स्वाव) संकलन गरेर परिक्षणमा पठाउने तयारी गरिएको छ । ४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पूष्टी भएपछि तिनै युवतीसँग एउटै जहाजमा कतारबाट काठ्माण्डौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ काहुलेका राई थरका युवाको नमूना ल्याव परिक्षणमा पठाउने तयारी गरिएको हो ।
घर आएको १४ दिनभन्दा बढि वितिसकेको भए पनि संक्रमण भए/नभएको यकिन गर्नका लागि उनको स्वाव विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा चैत १२ गतेदेखि होम क्वारेन्टीनमा राखिएको छ । कतिपय व्यक्तीमा बाहिर लक्षण नदेखिए पनि भित्र कोरोना भाइरस पोजिटिभ देखिने खतरा हुने सम्भावना देखिएकाले स्वाव परिक्षणमा पठाउन लागिएको प्रजिअ पौडेलले बताए ।
जिल्ला अस्पतालमा तालिम प्राप्त स्वास्थ्यकर्मी आएकाले जिल्ला मालपोत कार्यालयको गाडीमार्फत नमूना संकलनका लागि आज (शुक्रबार) जन्तेढुंगा पठाउने तयारी गरिएको छ । सोही जहाजबाट फर्किएका केपिलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टीनमा राखिएका छन् । क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको थियो । २०७६ चैत २१ गते बिहान ८ :१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology