• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढीमा थप एकजना क्वारेन्टाइनमा

केपिलासगढीमा थप एकजना क्वारेन्टाइनमा


समायोजन खबर
  • बिहिबार, चैत्र २० २०७६

  • क्वारेन्टाइनको निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष कृष्णकुमार राई ।

    समायोजन खबर खोटाङ, केपिलासगढी गाउँपालिकामा थप एक जनालाई क्वारेन्टाइनमा राखिएको छ। कतारबाट गत चैत ४ गते घर फर्किएका केपिलासगढी गाउँपालिका–६ दिप्सुङका ४५ वर्षीय व्यक्तीलाई क्वारेन्टाइनमा ल्याएर राखिएको हो। उनलाई मंगलबार ल्याएर गाउँपालिकाको केन्द्र पृथ्बी उमाबि बाक्सिलास्थित क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए।

    केपिलासगढी गाउँपालिकाले सोमबार मात्र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका एक युवालाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखेको थियो। अप्ठ्यारो मानिरहेका अवस्थामा उनीहरुलाई सम्झाई बुझाई गरेर १४ दिनसम्मका लागि खाने सुविधासहित क्वारेन्टाइनमा राखिएको हो। यससँगै जिल्लामा क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या ७ पुगेको छ। २०७६ चैत २० गते बिहान ७  :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology