• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चैत महिनाको घर भाडा छुट गर्न अनुरोध

चैत महिनाको घर भाडा छुट गर्न अनुरोध


समायोजन खबर
  • बुधबार, चैत्र १९ २०७६

  • पत्रकार सम्मेलनमा नगरप्रमुख, उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत ।

    चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका घरधनीलाई चैत महिनाको घरभाडा छुट गर्न आग्रह गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउन अवधिमा सवै गतिविधि ठप्प भएकाले घरभाडा छुट गर्न अनुरोध गरेको हो ।

    आज (बुधबार) नगरपालिकाको कार्यालयमा विशेष पत्रकार भेटघाट गर्दै नगरभित्रका घरधनी र जग्गा धनीलाई भाडामा लगाएको घर र जग्गाको चैत महिनाको भाडा छुट गर्न अनुरोध गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । यस विषम घडिमा एकले अर्कालाई सहयोग गर्नुपर्ने अवस्था रहेको नगरप्रमुख रिजालको भनाई छ ।

    यसैगरी, नगरपालिकाले नगरमा दर्ता भएका संघसंस्था तथा व्यवसाय नवीकरण दस्तुरमा २५ प्रतिशत छुट दिने र फोहोरमैला व्यवस्थापन शुल्कमा चैत महिनाको शुल्क छुट दिने जनाएको छ । २०७६ चैत्र १९ गते अपरान्ह ३ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology