चिसाङ शेर्पा खोटाङ, यतिबेला देश लकडाउन छ । एक ठाउँबाट अर्को ठाउँ जाने अवस्था छैन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि लकडाउन भएपछि आवतजावत ठप्प छन् भने, नागरिकहरु घरभित्रै छन् । त्यो बाध्यता पनि छ ।
लकडाउनमा खासगरी कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, बढी स्टक गर्नेजस्ता क्रियाकलाप हुने गर्छन् । यहि अवस्था सिर्जना नहोस र आफ्ना क्षेत्राधिकारभित्र पर्ने नागरिकले खासगरी दैनिक उपभोग्य वस्तुहरुमा मुल्यबृद्धिको शास्ती खेप्न नपरोस भनेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १७ चैत्रबाट निरन्तर बजार अनुगमन गरेर यसको निगरानी र सचेतना फैलाइरहेको छ ।
गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको नेतृत्वमा १७ चैत्रबाट पहिलो दिन वडा नं. २ डाँडागाउँको ओख्रेबजार, दोश्रो दिन वडा नं. ५ सछितापोखरीको पञ्चमीबजार, तृतिया र वडा नं. ६ छितापोखरीको छितापोखरीबजारको अनुगमन सकेको छ । गाउँपालिकाको मुख्य बजार अनुगमन गर्दा केही व्यापरीहरुले सामान्य मूल्यबृद्धि गरेको र यो बेला कमाउने अवसरको रुपमा भन्दा पनि सहयोग गर्ने अवसरको रुपमा प्रयोग गर्नुहोस भनि उनीहरुलाई सचेत गराइएको छ ।
दोश्रो दिनको बजार अनुगमन गर्दा तृतियाभन्ज्याङको एक किराना पसलमा केही मात्रामा म्याद गुज्रेको पेय पदार्थ फु्रटी भेटिएको र तत्काल नष्ट गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । बजार अनुगमनको समिक्षा गर्नुपर्दा पसलहरुमा धेरै सामानहरु सकिसकेको अवस्था छ । व्यापारीसँग बुझ्दा नागरिकहरुले आफूलाई तत्काल चाहिने सामान भन्दा बढी सामान खरीद गरेर स्टक गरेको बुझिन्छ । उनले थपे “आवश्यकभन्दा बढी सामान खरीद गरेको हो/हैन नागरिकसँग बुझ्न बाँकी छ ।”
यो विषम घडिमा कालोबजारी गरी मुल्यबृद्धि गरेर सामान विक्री हुनुहुन्न, नागरिकलाई राहत दिने बेलामा आहात दिने अवसर नहोस, म्याद गुज्रेका सामान विक्री हुने संम्भावना नहोस भनेर कोरोना भाइरसको सचेतना र दुरी कायम गर्दै दैनिक बजार अनुगमन गरिएको अध्यक्ष राईको भनाई छ । अनुगमन सात वडामा निरन्तर हुने बताइएको छ ।
संटकको बेलामा हामी निरन्तर नागरिकको खातिर खटिरहेका छौ, नागरिकले पनि यो बुझिदिन आवश्यक छ । उनले थपे, ‘यो बेला राहात दिने बेला हो, आहात दिने बेला हैन ।’ सबैले बुझ्न जरुरी छ । १५ चैत्रमा बसेको गाउँपालिका स्तरीय समन्वय समितीको बैठकले गाउँपालिकामा खाद्य बस्तु अभाव हुन नदिने भन्ने निर्णय अनुसार दैनिक बजार अनुगमन भइरहेको हो ।
संकटको बेलामा गाउँपालिकाले कोरोना भाइरसबाट आफू पनि बच्ने अरुलाई पनि बचाउने चेतना फैलाउदै आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यवस्तुको बजार अनुगमन गरेर नागरिकलाई राहत दिइरहेको छ । वास्तवमा यहि बेला पनि हो आफ्नो नागरिकहरुलाई के कस्तो संटक परेको छ भनेर बिशेष ख्याल गर्ने समय । जुन दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गरिरहेको छ । २०७६ चैत्र १९ गते बिहान ९ :२२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology