• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बराहपोखरी गाउँपालिकामा ३५ बेडको क्वारेन्टाइन

बराहपोखरी गाउँपालिकामा ३५ बेडको क्वारेन्टाइन


समायोजन खबर
  • सोमबार, चैत्र १७ २०७६

  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माटिकोरे कभर्डहलमा बनाएको क्वारेन्टाइन वेड ।

    समायोजन खबर खोटाङ, बराहपोखरी गाउँपालिकाले ३५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । विदेशबाट फर्किएका व्यक्तीलाई १४ दिनसम्म राख्नेगरी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित शंखेश्वरी माबिमा १८ बेडको, बराहपोखरी गाउँपालिका–४ फाक्टाङको धर्तुङ माबिमा १५ बेडको र बराहपोखरी गाउँपालिका–२ सुन्तलेको धाप्लाङघाटमा २ बेडको क्वारेन्टाइन निर्माण गरिएको हो । उदयपुरको सिनामा पर्ने धाप्लाङघाटमा भने घर भाडामा लिएर क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए ।
    पाँच लाखको सरसफाई सामग्री खरिद
    गाउँपालिकाले पाँच लाख बराबरको सरसफाई तथा क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामग्री खरिद गरेर ल्याएको छ । गाउँ कार्यपालिकाको बैठकबाट बिनियोजन गरिएको रकमबाट ६ वटा स्वास्थ्यचौकी र २ वटा सामुदायीक स्वास्थ्य केन्द्रका लागि आवश्यक थर्मोमिटर, स्टेथेस्कोप, सेनेटाइजर, मास्क, ग्लोव्स, बाल्टीन, साबुन लगायतका सामग्री ल्याइएको हो । सरसफाई लगायतका सामग्रीसँगै विभिन्न वडामा क्वारेन्टीन निर्माणका लागि आवश्यक सामग्री पनि खरिद गरेर ल्याइएको गाउँपालिकाका प्रशासन सहायक पोखरेलले बताए । सरसफाई तथा क्वारेन्टीन निर्माणका लागि आवश्यक सामग्री आईतबार वडा–वडामा पठाइएको छ ।

    बराहपोखरी गाउँपालिकाले पनि विदेशबाट फर्किएका व्यक्तीको पहिचान सुरु गरेको छ । क्वारेन्टीनमा राख्नेगरी उनीहरुको खोजी सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रिने सर्वसाधारणको स्वास्थ्य जाँचका लागि धाप्लाङघाट, बंशिलाघाट, कम्पुघाट र आसवालामा हेल्थडेस्क स्थापना गरिएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खाने सुविधासहित हेल्थडेस्कमा खटाइएको गाउँपालिकाले जनाएको छ ।
    २०७६ चैत्र १७ गते अपरान्ह ३ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology