• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोभिड-१९ नियन्त्रण गर्न चाहिने सामग्री सात वटै प्रदेशमा पुग्यो

कोभिड-१९ नियन्त्रण गर्न चाहिने सामग्री सात वटै प्रदेशमा पुग्यो


समायोजन खबर
  • सोमबार, चैत्र १७ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ, सरकारले कोभिड-१९ नियन्त्रण गर्न चीनबाट ल्याएको सामग्री सात वटै प्रदेशमा वितरण गर्न सुरु गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामग्री पुगिसकेको छ । यही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सामान लैजाँदै छ ।

    कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकप्टरमार्फत विराटनगरमा पनि सामान गइसकेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशमा पनि स्थलमार्ग भएर सामान लिएर गाडी छुटिसकेका छन्  । सरकारले सातै प्रदेशमा ल्याब सञ्चालन गरेर त्यही कोभिड–१९ को परीक्षण गर्ने तयारी गरेको छ । प्रदेश स्तरमा रहेका अस्पतालका ल्याब स्तरवृद्धि गरी सञ्चालन सम्भाव्यताको लागि ल्याब विज्ञहरुको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रीका स्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले जानकारी दिए । २०७६ चैत्र १७ गते अपरान्ह ३ : ३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology