• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ऐसेलुखर्कमा दश बेडको आइसोलेसन, केपिलासगढीमा दश वेडको क्वारेन्टाइन

ऐसेलुखर्कमा दश बेडको आइसोलेसन, केपिलासगढीमा दश वेडको क्वारेन्टाइन


समायोजन खबर
  • आइतबार, चैत्र १६ २०७६

  • जिल्ला अस्पताल दिक्तेलमा स्थापना गरिएको आईसोलेसन कक्ष । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, ऐसेलुखर्क गाउँपालिकाले १० बेडको आइसोलेसन कक्ष तयार पारेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंका गरिएको तर पुष्टी हुन बाँकी रहेको वा संक्रमण भएको पुष्टी भइसकेका व्यक्तीलाई राख्नेगरी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष बनाएको हो ।

    ल्यावबाट प्रमाणित भइसकेका तथा लक्षणका आधारमा संक्रमणको आंशका गरेर प्रमाणित गर्नका लागि ल्यावमा रिपोर्ट पठाइएका व्यक्तीलाई छुट्टै राखेर उपचार गर्ने प्रयोजनका लागि आइसोलेसन वार्ड बनाइएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । जिल्ला अस्पताल दिक्तेलमा तीन बेडको आइसोलेसन वार्ड तयार पारिएको केही समयपछि गाउँपालिकाले आइसोलेसन कक्ष बनाएको हो ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकाले त्रिभुवन माबिमा १० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । संक्रमणको आशंका गरिएका व्यक्तीलाई राख्ने गरी विद्यालयको दुई हलमा क्वारेन्टाइन बनाइएको हो । यस बाहेक गाउँपालिकाका ७ वटै वडामा ५÷५ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । कतिपय विद्यालय र कतिपय स्वास्थ्यचौकीमा क्वारेन्टान बनाइएको अध्यक्ष निरौलाले बताए ।
    केपिलासगढीमा १० बेडको क्वारेन्टाइन
    केपीलासगढी गाउँपालिकाले १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । अधिकांश स्थानीय तहले एउटै हलमा दर्जनौं बेड राखेर क्वारेन्टाइन तयार पारिरहेको अवस्थामा केपिलासगढी गाउँपालिकाले बाक्सिलास्थित पृथ्बी माबिको १० कोठामा १० बेडको क्वारेन्टाई तयार पारेको हो । कुनै एक जनालाई संक्रमण भएको अवस्थामा अन्यलाई पनि सर्ने खतरा हुने भएकाले एक कोठामा एक जनालाई मात्र राख्न मिल्नेगरी क्वारेन्टाइन बनाइएको केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए ।

    गाउँपालिकाले चैत १२ गतेदेखि १५ दिन अगाडिसम्मका मितिभित्र विदेशबाट आएका युवालाई ल्याएर क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । यसका लागि वडा–वडामा विदेशबाट फर्किएका स्थानीयको तथ्यांक संकलन भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए । यस्तै, केपीलासगढी गाउँपालिकाले बाक्सिलामा हेल्थडेस्क खडा गरेको छ । पीपीई (पर्सनल प्रोटेक्टिम इक्वीपमेन्ट) सेट आइपुगेपछि गाउँपालिकाभित्र पाँच स्थानमा हेल्थ डेस्क राखिने अध्यक्ष राईले बताए ।
    २०७६ चैत्र १६ गते साँझ ६ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology