• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दैनिक ज्यालादारी गर्ने श्रमिकलाई खाद्यन्न सामग्री वितरण

दैनिक ज्यालादारी गर्ने श्रमिकलाई खाद्यन्न सामग्री वितरण


समायोजन खबर
  • शुक्रबार, चैत्र १४ २०७६

  • श्रमिकलाई खाद्यन्न सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख, उपप्रमुख र प्रजिअ । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी गर्ने श्रमिकलाई खाद्यन्न सामग्री वितरण गरेको छ । कोरोना भाइरस संक्रमण न्युनिकरणका लागि देश लकडाउन भएपछि रोजागरी गुमेको र विहान वेलुका खानसमेत नपाएका श्रमिकहरुलाई आज (शुक्रबार) खाद्यन्न सामग्री वितरण गरेको हो ।दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रे गर्ने काम गर्दै आएका मोरङको पथरी शनिश्चरे नगरपालिकाका १९ जना श्रमिकलाई नगरपालिकाले २ सय केजी चामल, २० केजी दाल, ५ केजी खाने तेल, ३ केजी नुन लगायतका खाद्यन्न सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।

    श्रमिकहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, प्रहरी नायब उपरिक्षक बामदेव गौतमले खाद्यन्न सामग्री हस्तान्तरण गरेका थिए ।

    नगरपालिकाको १५ वडामा लकडाउनको अवधिमा कोही पनि भोकै बस्न नपरुन भन्ने उद्देश्यले दिनभरी काम गरेर बेलुकाको छाक टार्दै आएका श्रमिकहरुको पहिचान गरेर यसरी नै खाद्यन्न सामग्री उपलब्ध गराइने नगरप्रमुख रिजालले बताए । २०७६ चैत्र १४ गते साँझ ५ : ५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology