• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लकडाउनमा युवा संघको आग्रह : आफु बचौं र अरुलाई बचाऔं

लकडाउनमा युवा संघको आग्रह : आफु बचौं र अरुलाई बचाऔं


समायोजन खबर
  • शुक्रबार, चैत्र १४ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,  राष्ट्रिय युवा संघ खोटाङले ‘लकडाउन’को मर्म आफू बाँच्ने र अरुलाई बचाउने भएकाले पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले लागू गरेको ‘लकडाउन’लाई कतिपयले गम्भीरताकासाथ नलिएको देखिएकाले आफ्नै स्वास्थ्यको सवालमा हेलचक्र्याँई नगर्न राष्ट्रिय युवा संघले आग्रह गरेको हो । शुक्रबार प्रेस विज्ञाप्ती जारी गर्दै राष्ट्रिय युवा संघले ‘आफु बचौं र अरुलाई बचाऔं’ भन्ने मान्यतालाई व्यवहारमा स्थापित गर्ने अवशरमा नचुक्न सबै नागरिकको ध्यानाकर्षण गराएको छ ।

    विज्ञाप्तीमा ‘लकडाउन’लाई कतिपयले अझै पनि गम्भीरताका साथ नलिएको र सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने स्थिति आउनु दुःखद भएको जनाएका छन् । ‘अहिले घरमा सुरक्षित बस्न र कोरोनाको संक्रमणबाट टाढा राख्नका लागि सरकारले लागू गरेको लकडाउनको परिधिभित्र बस्नुको बिकल्प छैन । लकडाउनलाई कतिपयले अझैपनि गम्भीरताका साथ नलिएको र सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने स्थिति आउनु दुःखद हो,’ राष्ट्रिय युवा संघका संयोजक रसकुमार राई र सह–संयोजक शरद राईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसर्थ यस संकटको अवधिमा राज्यले जारी गरेको आदेश अनुशार आ–आफ्ना स्थानमा सजग र सुरक्षित बसौँ । यो हेलचक्र्याँइ गर्नेबेला होईन । यो आफ्नो जीवनरक्षाका लागि आफै लड्ने समय हो ।’
    २०७६ चैत्र १४ गते दिउँसो १ : १२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology