• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली गठन, के काम गर्छ ? जान्नुहोस

खोटाङमा जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली गठन, के काम गर्छ ? जान्नुहोस


समायोजन खबर
  • बुधबार, चैत्र १२ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, खोटाङमा जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (आरआरटि) गठन भएको छ । सामाजिक विकास मन्त्रालयको परिपत्र अनुसार केहीदिन अघि पब्लिक हेल्थ नर्स उर्मिला राईको संयोजकत्वमा नौ सदस्य टोली गठन भएको हो ।

    टोलीको सदस्यहरुमा मेडिकल अधिकृत सत्रुधन यादव, अहेव सुनिल प्रसाद दाहाल, अहेव सन्तोष दाहाल, ल्याव टेक्निसियन अधिकृत विमल कुमार देव, स्टाफ नर्स उर्मिला वजिमय, स्टाफ नर्स यूकि राई, तथ्यांक सहायक भिष्म पाण्डे र कार्यालय सहयोगी डिल्ली बहादुर बस्नेत छन् ।
    के काम गर्छ द्रुत प्रतिकार्य टोली (आरआरटी)ले
    आपत्कालिन अवस्थामा उद्धार कार्य, उपचार गर्ने, महामारी रोग नियन्त्रणमा आवश्यक परेको कामहरु गर्ने टोलीको दायित्व हुने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए ।
    टोली कोरोनासँग मात्रै सम्बन्धित नभएर सवै किसिमको महामारी नियन्त्रण गर्ने टोली हो । सिग्देलले भने, “झन अहिले त जल्दोबल्दो कोरोनासँग सम्बन्धित काम गर्ने भईहाल्यो ।”
    २०७६ चैत्र १२ गते राती ९ :११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology