Samayojan khabar

Advertisment

SKIP THIS

अपडेट : भारत र साउदीबाट आएका तीनजनालाई क्वारेन्टाइनमा राखियो

अपडेट : भारत र साउदीबाट आएका तीनजनालाई क्वारेन्टाइनमा राखियो


समायोजन खबर
  • बुधबार, चैत्र १२ २०७६

  • स्वास्थ्य चौकी याम्खमा बनाइएको क्वारेन्टाइन ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तीन जनालाई क्वारेन्टाइनमा राखेको छ । स्वास्थ्य चौकी याम्खामा बुधबार ४० वेडको क्वारेन्टाइन निर्माण गरेर उनीहरुलाई राखिएको हो । तीनदिन अघि भारतको वेष्ट बंगालबाट आएका याम्खाका वस्नेत थरका २२ वर्षीय युवालाई राखेपछि थप दुइलाई आजै क्वारेन्टाइनमा राखिएको हो ।

    थप दुईमा भारतके मेघालयबाट आएका याम्खाकै राई थरका ४७ वर्षीय र साउदीबाट आएका विक थरका ३० वर्षीय पुरुषलाई आजैबाट क्वारेन्टाइनमा राखिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । रोजगारीको सिलसिलामा भारत तथा साउदी गएका उनीहरु ३÷४ दिनअघि याम्खा आइपुगेका हुन् ।

    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाले वैदेशिक रोजगारी र जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई पहिचान गरि क्वारेन्टाइनमा राख्न सुरु गरेको हो । वैदेशकि रोजगारी र अन्य शहरबाट आएकाहरुको पहिचना भइसकेकाले अन्य थप व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिने तयारी भएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । क्वारेन्टाइनमा आवश्यक पर्ने व्यवस्था मिलाएर २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था मिलाइएको छ । पालिका प्रवेश गर्ने ४ वटा नाकाहरुमा पनि हेल्थ डेस्क स्थापना गरेर कडाइका साथ चेकजाँच भइरहेको जनाइएको छ ।
    २०७६ चैत्र १२ गते साँझ ७ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology