• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४० वेडको क्वारेन्टाइन

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४० वेडको क्वारेन्टाइन


समायोजन खबर
  • बुधबार, चैत्र १२ २०७६

  • स्वास्थ्य चौकी याम्खाको भवन

    चिसाङ शेर्पा खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ४० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संम्भावित जोखिमबाट बच्नका लागि स्वास्थ्य चौकी याम्खाको भवनमा क्वारेन्टाइन बनाइएको हो ।

    क्वारेन्टाइन निर्माणसँगै गाउँपालिकाले पालिका भित्रनेहरुको विवरण संकलन गर्ने काम थालेको छ । वडा वडामा स्वास्थ्य स्वयमसेविका परिचालन गरी विदेशबाट आएको भए कुन देश र नेपालबाट भए कुन शहरबाट आएको विवरण डाटा आजबाट आउने र शंकास्पद भेटिएमा क्वारेन्टाइनमा लगेर राखिने दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    गाउँपालिका प्रवेश गर्ने नाकाहरु बतासेको रमाईलो, रेग्मीटार, याम्खाको रातमाटा पुछार र टेम्माको बोर्मीमा हेल्थ डेस्क स्थापना गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण लक्षण देखिने १००.०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो भए/नभएको, श्वास प्रश्वासमा अत्याधिक समस्या भए/नभएको चेकजाँच र विवरण संकलन गरिरहेको छ ।

    यस्तै, कोरोना भाइरसबाट बच्न बचाउन सरकारले मंगलबारबाट १८ चैत्रसम्म गरेको लकडाउनलाई पुर्णरुपमा पालना गर्न गाउँपालिकाले आम नागरिकलाई आग्रह गरेको छ । अत्यावश्यक काममा वाहेक घरभित्रै बसेर सहयोग गरिदिन गाउँपालिकाले भनेको छ । कसैमा शंकास्पद लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान र हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ ।
    २०७६ चैत्र १२ गते बिहान ८ : ३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology