समायोजन खबर पर्सा, वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नभएको पुष्टि भएको छ । भारतको पटना अस्पतालले शिवकुमारको कोरोनाको रिपोर्ट ‘नेगेटिभ’ भएको पुष्टि गरेको हो ।
उहाँका भाइ सुरेश रुङ्गटाले पनि ‘राजेन्द्र प्रसाद इन्स्टिच्युट अफ् मेडिकल साइन्स अगामकौन पटना’मा भएको परीक्षणमा कोभिड १९ नेगेटिभ देखिएको जानकारी दिनुभएको छ । यसअघि उहाँ ७ गते पटनाको पीएमसीएच अस्पतालमा भर्ना हुनुभएको थियो । आइतबार दिउँसो उहाँमा कोभिड १९ को सङ्क्रमण देखा परेको भन्ने समाचार सार्वजनिक भएपछि वीरगञ्जको जनजीवन एकाएक त्रसित भएको थियो । २०७६ चैत्र १० गते बिहान ९:४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology