• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिकामा लाग्ने हाटबजार अनिश्चिकालका लागि बन्द

गाउँपालिकामा लाग्ने हाटबजार अनिश्चिकालका लागि बन्द


समायोजन खबर
  • आइतबार, चैत्र ९ २०७६

  • सछितापोखरीको पञ्चमीबजार ।

    चिसाङ शेर्पा खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउाँपालिकाले साप्ताहिक रुपमा लाग्ने हाटबजार अनिश्चिकालका लागि बन्द गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि सावधानी अपनाउन गाउँपालिकाको दुई ठाउँमा लाग्ने हाटबजार बन्द गरेको हो । यसअघि नै सरकारले २५ जनाभन्दा बढी जमघट भएर नबस्न भनिसकेको छ ।

    गाउँपालिकामा आइतबार बसेको कार्यापालिका बैठकको निर्णय अनुसार सछितापोखरीको पञ्चमीबजार र टेम्मामा सोमबार र शनिबार लाग्ने हाटबजारलाई ९ चैत्रदेखी अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहालले जानकारी दिए ।

    यस्तै, कोरोनाको संक्रमण रहँदासम्मको लागि पालिकाबासीहरुबाट सवै प्रकारको भोज, भतेर, भिडभाड, सभा, सम्मेलन, सेमिनार, गोष्ठीजस्ता जनसमुदाय उपस्थित हुने कार्यक्रमहरु नगर्न/नगराउन राजनैतिक दल, नागरिक समाज, बुद्धिजीवि लगायतलाई गाउँपलिकाले अनुरोध गरेको छ ।
    रमाइलोमा हेल्थ डेस्क
    दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बतासेको रमाईलोमा आज हेल्थ डेस्क स्थापना गरेको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण लक्षण भए/नभएको (बिशेषगरी ज्वरो) चेकजाँचका लागि पालिका प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापना गरेको हो ।

    काठमाण्डौ, तराईदेखी सवारी साधन तथा अन्य माध्यमबाट पालिका प्रवेश गर्ने आम नागरिकको १००.०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो भए/नभएको, श्वास प्रश्वासमा अत्याधिक समस्या भए÷नभएको हेल्थ डेस्कमा मापन गरिनेछ । यस्तै, गाउँपालिका प्रवेश गर्ने नाकाहरु बतासेको रेग्मीटार, याम्खाको रातमाटा पुछार र टेम्माको बोर्मीमा हेल्थ डेस्क स्थापना गरिने व्यवस्था तीव्रस्तरमा भइरहेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।
    २०७६ चैत्र ९ गते साँझ ६ : ५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology