चिसाङ शेर्पा खोटाङ,
खोटाङ यातायात प्रालिद्धारा सञ्चालित बस तथा जीप सेवा सोमबारबाट सञ्चालन नहुने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न र बचाउँनका लागि लामो दुरीका सबै यातायात सेवा १२ दिनका लागि सञ्चालन नहुने भएको हो ।
स्वास्थ्य मन्त्रालय तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल सरकारबाट लागू भएको नीतिलाई पालना गर्दै १० चैत्रबाट २१ चैत्रसम्म लामो दुरीका साना तथा ठूला सवारी साधनहरु सञ्चालन नहुने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
प्रालिले विज्ञप्तिमार्फत सबै यात्रुहरुको सु–स्वास्थ्य लाभको कामना गर्दै बसमा यात्रा गर्दा मास्कको प्रयोग गर्न, भिडभाडमा अनावश्यक रुपमा नवस्न, सेनेटाइजरले हात धुन, झुण्डिएर यात्रा नगर्न, आफू चढेको बसमा औषधि छर्केको छ/छैन बुझेर यात्रा गर्न, बसमा यात्रा गर्नुपूर्व साबुन पानीले हात धोएर यात्रा गर्न आग्रह गरेको छ । खोटाङको सवैभन्दा पूरानो यातायात प्रालिसँग ४० वटा बस, १५ वटा जीप र सहकार्यमा १ सय बढी बसहरु रहेको छ । सरकारले १० चैत्रबाट लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइसकेको छ ।
२०७६ चैत्र ९ गते साँझ ५ : ५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology