समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारको मुख्य स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लक्षण भए/नभएको (बिशेषगरी ज्वरो) चेकजाँचका लागि दिक्तेलको रत्नपार्क (किरातचोक)मा हेल्थ डेस्क स्थापना गरेको हो ।
काठमाण्डौ, तराईदेखी सवारी साधनबाट दिक्तेल आईपुगेका आम नागरिकको १००.०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो भए/नभएको, श्वास प्रश्वासमा अत्याधिक समस्या भएको हेल्थ डेस्कमा मापन गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्यले बताए । १००.०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो भएको व्यक्ति भेटिएमा थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा लगेर निगरानीमा राखिने छ ।
बिहीबारबाट सञ्चालनमा आएको हेल्थ डेस्कमा प्रत्येक दिन बिहान ६ बजेदेखी राती ९ वजेसम्म तीन सिफ्टमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ । यस्तै, खानीडाँडा विमानस्थलमा फ्लाईट हुने दिन यात्रुहरुको स्कृ्रनिङ गर्ने, विवरण लिनेगरी स्वास्थ्यकर्मी खटाउने योजना भएको स्वास्थ्य संयोजक आचार्यले सुनाए ।
यसबाहेक जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी मन्दिर परिसर, जयरामघाट, जन्तेढुंगा गाउँपालिकाले बंशिलाघाट, खोटेहाङ गाउँपालिकाले लिच्कीराम्चेको रसुवाघाट, ऐंसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र र रावाबेंशी गाउँपालिकाले लामिडाँडा विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याइसकेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिए । २०७६ चैत्र ८ गते साँझ ६ :४४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology