• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नि पिडित परिवारलाई राहत रकम प्रदान

अग्नि पिडित परिवारलाई राहत रकम प्रदान


समायोजन खबर
  • शुक्रबार, चैत्र ७ २०७६

  • अग्निपिडितलाई राहत रकम प्रदान गर्दै सल्लेका वडाध्यक्ष काशीराज राईलगायत ।

    समायोजन खबर खोटाङ,
    खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नि पिडित परिवारलाई राहत रकम प्रदान गरेको छ । कोषले हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारका अग्नि पिडित चार परिवारलाई बिहीबार राहत रकम प्रदान गरेका हुन् ।

    कोषले अग्नि पिडितहरु जोखे माझी, लोकेन्द्र माझी, सितादेबी माझी र झन बहादुर थापालाई जनही ७ हजारका दरले राहत रकम प्रदान गरेका हुन् । राहत रकम सल्लेका वडाध्यक्ष काशीराज राईले हस्तान्तरण गरेका थिए ।
    ४ चैत्रमा केटाकेटीले खेलाएको आगो एक्कासी घरमा सल्केर चार घरमा पुर्ण क्षति भएको समाचार बाहिर आएपछि खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरात घट्नास्थल पुगेर राहत प्रदान गरेका हुन् ।

    आगलागीमा झनबहादुरको अनुमानित ८ लाख, लोकेन्द्रको ५ लाख, जोखेको ५ लाख र सितादेबीको करिब ४ लाख बराबरको धनमाल नष्ट भएको थियो । आगलागीबाट विस्थापितलाई बुधबार हलेसी तुवाचुङ नगरपालिकाले जनही २० केजीका दरले चामल, दाल, नुन, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बल लगायतका राहत सामग्री प्रदान गरेको थियो ।
    २०७६ चैत्र ७ गते बिहान ९ : २०  मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology