• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोलीदेखी अस्ट्रेलिया प्रवेशमा रोक

भोलीदेखी अस्ट्रेलिया प्रवेशमा रोक


समायोजन खबर
  • बिहिबार, चैत्र ६ २०७६

  • समायोजन खबर काठमाण्डौ,

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका छन् । केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए ।

    शुक्रबारदेखि अस्ट्रेलियामा नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही पनि प्रवेश नपाउने भएपछि अस्ट्रेलिया झन्डै ‘लक् डाउन’ भएको विस्वास गरिएको छ तर उक्त शब्द प्रयोग भने गरिएको छैन । अस्ट्रेलियामा कोरोना भाइरस देखिएकामा ८० प्रतिशत विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरु छन् ।

    अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित् राख्न यो निर्णय लिएको हो । विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन तर एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न आदेश दिइएको छ ।

    २०७६ चैत्र ६ गते दिउँसो २ :०६ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology