• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाथेकामा कोरोनाको संक्रमण नभएको पुष्टि

पाथेकामा कोरोनाको संक्रमण नभएको पुष्टि


समायोजन खबर
  • बुधबार, चैत्र ५ २०७६

  • पाथेकामा कोरोना भाइरस संक्रमणका वारेमा बच्ने/बचाउने उपाय सुनाउदै चिकित्सक लगायत ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका एक युवामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभएको पुष्टि भएको छ । केही समयअघि चिनबाट घर फर्केका ति युवामा कोरोना भाईरसको संक्रमण भएको भन्दै अफवाह फैलिएको थियो ।

    आज (बुधबार) अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका पदाधिकारी, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय दिक्तेलको चिकित्सकको टोली पुगेर चेकजाँच गर्दा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुँदा देखिने कुनै पनि लक्षण नदेखिएको हो । ति युवामा कोरोना भाईरसको संक्रमण हुँदा देखिने लक्षणहरु ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, रुघाखोकी लाग्नेजस्ता कुनै पनि लक्षण नदेखिएकाले कोरोना भाईरस संक्रमण नभएको जिल्ला अस्पताल दिक्तेलका मेडिकल सुपरीटेन्डेन शैलेस श्रेष्ठले बताए ।

    यसअघि नै उनीमा कोरोना भाइरसको संक्रमण नभएको थाहा भए पनि गाउँमा अनावश्यक हल्ला फैलाएकाले चिकित्सकको टोली लगेर चेकजाँच गरेर सवैमा प्रष्ट पारिएको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए ।

    चिकित्सकको टोलीसँग अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, स्वास्थ्य कार्यालय दिक्तेलका प्रमुख पुन्यप्रसाद सिग्देल, प्रहरी नायब उपरिक्षक बामदेव गौतम पाथेका पुगेका थिए ।
    २०७६ चैत्र ५ गते राती ९ : १२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology