• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ३६ सय ८४ जना एसइई परिक्षार्थी, तयारी सकियो

खोटाङमा ३६ सय ८४ जना एसइई परिक्षार्थी, तयारी सकियो


समायोजन खबर
  • सोमबार, चैत्र ३ २०७६

  • सांकेतिक तस्विर।

    चिसाङ शेर्पा खोटाङ,
    यसवर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईमा खोटाङबाट ३ हजार ६ सय ८४ जनाले एसइई परिक्षा दिंदैछन् । उनीहरुले ६ चैत्रदेखी विभिन्न २३ वटा परिक्षा केन्द्रबाट परिक्षा दिने भएका हुन् ।

    रेगुलरतर्फ ३ हजार ४२५ जना, प्राविधिक धारतर्फ ६४ जना र ग्रेड बृद्धितर्फ १९५ जनाले एसइई परिक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलका प्रमुख सेमन्त गौतमले बताए । प्राविधिक धारतर्फ चिसापानी मावि चिसापानीका ४७ जना र पञ्च मावि दिक्तेलका १७ जना विधार्थी रहेका छन् ।

    इकाई प्रमुख गौतमका अनुसार प्राविधिक धारको सरस्वती मावि दिक्तेल र ग्रेड बृद्धिको परिक्षा दिक्तेल इंगलिस बोर्डिङ स्कुलमा परिक्षा सञ्चालन हुनेछ । साधरण धारको १४ चैत्र र प्राविधिक धारको १७ चैत्रमा परिक्षा सकिनेछ । परिक्षाको पहिलो दिन विहान ८ वजे अनिवार्य अंग्रजी विषयको परिक्षा हुनेछ ।

    परिक्षाको सम्पुर्ण तयारी सकेर केन्द्राध्यक्ष परिक्षा केन्द्रमा पुगिसकेको र प्रश्नपत्र पठाउने काम भईरहेको शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलले जनाएको छ । गतवर्षको एसइईमा ३ हजार ९ सय ३३ जना विधार्थीमा रेगुलरतर्फ ३ हजार ७ सय १०, एक्जामटेडको नयाँ कोर्षतर्फ ७७, पूरानो कोर्षतर्फ ५३ र प्राविधिकतर्फ ९३ जनाले एसइई परिक्षा दिएका थिए ।
    २०७६ चैत्र ३ गते दिउँसो २ : ५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology