चिसाङ शेर्पा खोटाङ,
खोटाङ यातायात प्रालिले काठमाण्डौ–सिमपानी सिधा वस सेवा सञ्चालन गर्ने भएको छ । यात्रा गर्नबाट वञ्चित स्थानीयहरुलाई सुविधा दिने उद्देश्यले ६ चैत्रबाट काठमाण्डौ–सिमपानी सिधा वस सेवा सञ्चालन गर्ने भएको हो ।
प्रालिले काठमाण्डौ–बिजुले–बुइपा–राजापानी–रेग्मीटार–रसुवाघाट हुँदै खोटेहाङ गाउँपालिकाको सिमपानीसम्म सिधा वससेवा सञ्चालन गर्ने जनाएको छ । भाडाको विषयमा भने तत्काल टुंगो नलागेको तर, सडकको अवस्था र दुरीका आधारमा निर्धारण गरिने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।
काठमाण्डौ–सिमपानी सिधा वस सेवा सुरु भएपछि स्थानीयहरुको झन्झटिलो यात्राको अन्त्य हुनेछ । अहिले त्यस भेगका स्थानीयहरुले वस फेर्दै काठमाण्डौको यात्रा गरिरहेको छ । यसैविच, खोटाङ यातायात प्रालिले सोमबार (भोली)बाट दिक्तेल–जालपा–राईसिंगे–वडा कार्यालय–गिद्धे–मंगलबारे–फेदी हुंदै ऐंसेलुखर्कसम्म नियमित सिधा वस सेवा सञ्चालन गर्दैछ ।
ठूलो जनघनत्व भएको तर, यातायात क्षेत्रबाट बञ्चितहरुका लागि प्रालिले एकवटा बस सेवा सञ्चालन गर्ने जनाएको छ । वस सेवाको भोली एक कार्यक्रम गरेर उद्घाटन गरिने प्रालिका महासचिव हिङमाङले बताए । त्यस रुटमा वस सञ्चालन भएपछि कार्यालयगत कामकाज गर्नेलाई सहज हुने अपेक्षा गरिएको छ । दिक्तेलबाट दिउँसो साढे ३ वजे र फेदीबाट बिहान साढे ७ वजे वस छुट्नेछ । भाडादर सडकको अवस्था र दुरीका आधारमा निर्धारण गरिने खोटाङ यातायात प्रालिले जनाएको छ ।
२०७६ चैत्र २ गते राती ८ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology