चिसाङ शेर्पा खोटाङ,
बाँदर आतंकबाट हैरानी खेपेका खोटाङका किसानहरुले कृषि औजारहरुको प्रदर्शन र नाराबाजी गर्र्दै बाँदर नियन्त्रणको माग गरेका छन् । बर्षौदेखी बाँदर आतंक सहदै आएका किसानहरुले आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका परिसर पुगेर अनौठो ढंगले बाँदर नियन्त्रण गर्न माग गरेका हुन् ।
बाँदरले लगाएको अन्नबाली र मान्छे नभएको बेला घरैमा भएको अन्नहरुसमेत सखाप पारेपछि किसानहरुले हलो, जुवा, दाँते, कोदालो बोकेर नगरपालिका पुगी बाँदर नियन्त्रण गरिनुपर्ने माग राखेका थिए । किसानहरुले कृषि औजारहरु बोकेर कर्ममन्दिर–त्रिवेणीचोक हुँदै नगरपालिकाको कार्यालय अगाडीसम्म बाँदर नियन्त्रणको लागी चर्को नाराबाजी गरेका थिए । ‘किसानको सम्मान–बसाईको सम्मान, सवै किसान एक हौ ।’ भन्दै नारा लगाए ।
बाँदरले खोटाङका विभिन्न वडा, लेकबेंसीमा लगाएको बालीनाली, बोटविरुवा, तरकारी, फलफुल खाई नष्ट गर्ने र कतीपय अवस्थामा महिला बालबालिका हिडडुल गर्दा चिथोर्ने, कपडा च्यातिदिने, लगाएको बाली पुरै रेखदेख गर्नुपर्ने, घरमा थन्काएको समेत खान नपाइने भएकाले बाँदर नियन्त्रण गर्नुपर्ने भन्दै नगरपालिकामा ज्ञापन पत्र समेत बुझाइएको बाँदर व्यवस्थापन अगुवा दुर्गाप्रसाद घिमिरेले बताए ।
किसानहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाएका हुन् । बाँदरलाई तारजालिको खोर बनाई सुरक्षित दानापानीको व्यवस्था गरेर नियन्त्रण गर्नुपर्ने जनाइएको छ । बाँदर नियन्त्रण गर्न आज करीव साढे दुई सय किसानले कृषि औजारसहित नाराबाजी गरेको छ । नगरपालिकाले माग पूरा नगरेमा १० हजार किसान यसरी नै सडकमा उत्रनेछ । घिमिरे भने ।
बाँदरकै कारण खेतियोग्य जमिन बाँझो छाड्नुपर्ने, बसाई सर्नुपर्ने, युवाहरु विदेशीनु पर्ने, वालवच्चाको पढाइमा बाधा पुग्ने, कृषिप्रधान देश किनिखाने देश भएको ज्ञापनपत्रमा उल्लेख छ । कृषकहरुको लगानीमा बाँदरले अत्यासलाग्दो दुःख दिन थालेपछि कृषकहरु स्वयम् निराश हुने गरेको छ । किसानहरुको मागको विषयमा थप बुझ्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुखसँग बुझ्न खोज्दा नगरप्रमुख दिपनारायण रिजालले प्रयोग गर्ने नम्बर बन्द गरिएको पाइएको छ ।
२०७६ चैत्र २ गते साँझ ६ :१० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology