चिसाङ शेर्पा खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गर्भावस्थाका बारेमा बुझ्न स्वास्थ्य चौकी दुर्छिमलाई भिडियो एक्सरे (अल्ट्रा साउण्ड) मेशिन हस्तान्तरण गरेको छ । नगरभित्रका गर्भवती महिला तथा गर्भमा भएको बच्चाको अवस्था बुझ्नका लागि नगरले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेको हो ।
नगरपालिकाको ४ लाख ४२ हजार बजेटबाट खरीद गरेको मेशिन शुक्रबार स्वास्थ्य चौकीमा एक कार्यक्रम गरी नगरप्रमुख इवन राईले हस्तान्तरण गरेका छन् । मेशिनले गर्भ अवस्थामा रहेको महिला र बच्चाको स्वास्थ्य अवस्था देखाउनेछ । दुर्छिममा रहनेगरी मेशिन हस्तान्तरण गरिए पनि दुर्छिम वाहेक १० वडामा महिनाको एक पटक गर्भजाँचको सेड्युल बनाईने र वडाको स्वास्थ्य चौकीमा मेशिन राखेर गर्भवती महिला र बच्चाको निःशुल्क स्वास्थ्य अवस्था जाँच गरिने नगरप्रमुख राईले बताए । गर्भजाँच गर्नका लागि नगरपालिकाले तालिमप्राप्त एकजना अनमी राखेको छ ।
भिडियो एक्सरे मेशिनबाट गर्भावस्था बुझेर वर्थिङ सेन्टरमै प्रसुती गराउन सकिने अथवा जटिल अवस्था भए वाहिर रेफर गर्नमा सहयोग पुग्नेछ । नगरपालिकाले यसअघि नै ११ वडामै वर्थिङ सेन्टर सञ्चालन गरीसकेको छ । नगरपालिकामा भिडियो एक्सरे (अल्ट्रा साउण्ड) मेशिन नहुँदा गर्भावस्थाका बारेमा जाँच गराउन दिक्तेल र ओखलढुंगा पुग्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यता हटेको छ । गाउँमा आधुनिक पोर्टएबल मेशिन आएपछि महिलाहरु हर्षित भएका छन् ।
२०७६ फागुन ३० गते राती ८ : ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology