समायोजन खबर खोटाङ,
जिल्लाको खोटेहाङ गाउँपालिकाले खडेरी पिडित किसानलाई मकैको बीउ वितरणको तयारी गरेको छ । यसवर्ष खडेरीका कारण मकै छर्न नपाउँदा र छरेको मकैको बिरुवा मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण गर्ने तयारी गरेको हो । धमाधम मकै छर्नेबेला काठमाण्डौंबाट १ लाख २० हजारमा आठ सय केजी मकैको बीउ खरिद गरेर ल्याइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।
खोटेहाङ गाउँपालिकाको सावाकटहरे, लिच्कीराम्चे, खोटाङबजारका बेँसी क्षेत्रका किसानलाई वितरण गर्नेगरी मनोकामना ३ जातको पाँच सय केजी र देउती जातको मकैको तीन सय केजी बीउ खरिद गरिएको हो । खरिद गरिएको बीउले डढुवा सहन सक्ने, घोगा नकुहिने र ध्वाँसे नलाग्ने गाउँपालिकाका कृषि शाखाका प्राविधिक ममता खवासले दावी गरिन् ।
२०७६ फागुन ३० गते साँझ ६ : २८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology