• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुको महाकुलुङमा १५ शैयाको अस्पताल, स्थानीय हर्षित

सोलुखुम्बुको महाकुलुङमा १५ शैयाको अस्पताल, स्थानीय हर्षित


समायोजन खबर
  • सोमबार, फाल्गुन २६ २०७६

  • १५ शैयाको प्राथमिक अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री राई ।

    समायोजन खबर सोलुखुम्बु,
    एक समय सोलुखुम्बुको कर्णाली भनेर चिनिएको दुधकोशी पारिको महाकुलुङ गाउँपालिकामा प्राथमिक अस्पताल स्थापना गरिएको छ । स्थानीय सरकार गठन पछि आर्थिक बर्ष २०७४–७४ मा गाउँपालिकाको लगानीमा ल्याव सेवा शुरु गरिएको तत्कालन बुङ स्वास्थ्य चौकी रहेकै भवनलाई स्तरोन्नती गरेपछि चिकित्सक सहितको ‘महाकुलुङ प्राथमिक अस्पताल’ स्थापना गरिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

    स्थानीय तथा गाउँपालिका प्रवक्ता शुभधनी कुलुङले प्राथमिक अस्पताल संचालन हुनुले स्थानीय सरकारप्रति विश्वास बढाएको बताईन् । उनी भन्छिन्, ‘नेपाल सरकारले अस्पताल निर्माणका लागि स्विकृती दिएपछि गाउँपालिकाको प्रयासमा काम हुनुले स्वास्थ्य उपचारमा राहत र खुसी दुवै तुल्याएको छ ।’ २०७५ फागुन ८ गते सरकारले १५ बेडको अस्पताल स्थापनाका लागि स्विकृती दिएको थियो ।

    महिला स्वास्थ्य स्वयम्सेविका सन्चमाया राईलाई अस्पताल निर्माणले सन्चो महसुस भएको छ । ‘अघिल्लो बर्ष वर्थिङ सेन्टर संचालनमा ल्याउदा मात्रै पनि महिला दिदीवहिनीहरु निकै खुसी भएका थिए । अहिले त झन् अस्पताल नै संचालन भयो । हामी निकै हर्षित छौ ।’ साना समस्याका लागि पनि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ, जिल्ला अस्पताल फाप्लु र मिसन अस्पताल ओखलढुंगा धाउनुपर्ने बाध्यता हटेको राईले बताईन् । गाउँपालिकाले चिकित्सकको व्यवस्था गरेर ल्याव, भिडियो एक्सरे सहितको स्वास्थ्य प्रवाह थालिएको छ । डा.सन्जय खत्रीको टिम ग्रामिण स्वास्थ्य सेवा प्रवाहमा खटिरहेका छन् । डा. खत्री भन्छन्, ‘अन्तिम स्टेजमा मात्र अस्पताल आउने बानीलाई घटाउन जनचेतनामूलक कार्यक्रम आवश्यक छ ।’

    स्थानीय सरकारको ४६ लाख ८५ हजार लागतमा तयार भएको अस्पताललाई प्रभावकारी रुपमा संचालन गर्न तयार रहेको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्यले बताए । ‘आर्थिक बर्ष २०७४ –७५ देखिको लगानी र खटाइले आज सार्थकता पाएको छ ।’  अस्पतालको शुक्रबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । मुख्यमन्त्री राईले अस्पतालको आवश्यक व्यवस्थापनमा सहयोग गर्ने बचन दिए । प्रदेश सरकारले चालु आर्थिक बर्षमा एक स्थानीय तह एक एम्बुलेन्स प्रदान गर्ने समेत मुख्यमन्त्री राईले बताए ।
    नेताको कुरा भन्दा काम प्यारो
    शुक्रबार महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई सहित जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधत्व गर्ने सांसदहरु सुशासन र सम्बृद्धिका कुरा गरिरहेका थिए । सो कार्यक्रमबाट करिब दुई सय मिटरको दुरीमा बुङका पुर्णवीर राई हलो जोतिरहेका थिए ।

    मकै छर्न व्यस्त बुङका पुर्णवीर ।

    पुर्णवीरलाई नेताको भाषण भन्दा पनि काम प्यारो थियो । ४५ बर्षिय उनी आफ्नी श्रीमतीको साथमा मकै छर्दै थिए । एकातिर जनप्रतिनिधि सुखी नेपाली, सम्बृद्ध नेपालको विषयमा मिठामिठा तर्क संगत भाषण गर्दै थिए । कार्यक्रममा किन जानुभएन् भन्ने हाम्रो जिज्ञासामा पुर्णवीर भन्छन्, ‘भाषणले पेट भरिन्न, के गँरु, बेलामा मकै छरिएन् भने के खाँने ?’

    अन्य स्थानीय मुख्यमन्त्री सहभागी कार्यक्रममा झुम्म देखिएपनि उनलाई भने त्यस औपचारिक कार्यक्रमले छोएन् । तर गाउँमै अस्पताल स्थापना भएकोमा भने खुसी थिए । पुर्णवीर भन्छन्, ‘स्थानीय सरकारले राम्रो काम ग¥र्यो । अब उपचारको लागि चिन्ता भएन ।’
    २०७६ फागुन २६ गते राती ८ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology