चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को लेखा परिक्षण सकेर महालेखा परीक्षकको टोली फर्केको छ । गत सोमबारदेखी आईतबारसम्म लेखा परीक्षण गरेर टोली आईतबार दिउँसो काठमाण्डौ फर्केको हो ।
नौ स्थानीय तहको लेखा परिक्षण सकेर जनशक्ति अभाव र सुविधाको कारण देखाउदै महालेखा परीक्षकको टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परिक्षण छुटाएको थियो । तर, गाउँपालिकाले आफ्नो कार्यालयमै आएर लेखा परिक्षण गरिनुपर्ने अडान राखेपछि महालेखा परीक्षकका निर्देशक रमेश नेपाल नेतृत्वको चारजनाको टोलीले लेखा परीक्षण र फिल्डमै गएर आयोजनाको अनुगमन गरेका हुन् ।
टोलीले गाउँपालिकाले सञ्चालन गरेको अधिकांश आयोजनाहरुको अनुगमन गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । महालेखाले कागजमा उल्लेख भए अनुसार काम भए/नभएको साईडमा गएर निरीक्षण गर्नुपर्ने गाउँपालिकाको माग थियो । इन्जिनियर सहित नै महालेखा आएरलेखा परीक्षण र आयोजना अनुगमन गरेपछि माग सम्बोधन भएको अध्यक्ष राईले बताए ।
कात्र्तिक अन्तिमबाट ४६ दिन लगाएर जिल्लाको १० स्थानीय तहमध्ये नौ वटा स्थानीय तहको लेखा परीक्षण गरेर गत पुस ७ गते महालेखा परिक्षकको टोली खोटाङबाट फिर्ता गएको थियो । त्यसवेला पनि महालेखाले सुरक्षा, भूगोलको ख्यालै नगरी मुकाम तोकेर स्थानीय तहलाई कागजात बोकाएर आफूलाई पायक पर्ने स्थानमा बोलाएर लेखा परीक्षण गरेपछि महालेखा परिक्षकको सर्वत्र आलोचना भएको थियो । २०७६ फागुन २५ गते राती ९ :२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology