• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिला गोल्डकप: खारम्बुको बिजयी सुरुवात

बाक्सिला गोल्डकप: खारम्बुको बिजयी सुरुवात


समायोजन खबर
  • बिहिबार, फाल्गुन २२ २०७६

  • क्याप्सन ः बाक्सिला गोल्डकप उद्घाटनकाक्रममा रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई लगायत ।

    समायोजन खबर खोटाङ,

    खोटाङको केपीलासगढी गाउँपालिकामा सुरु बाक्सिला गोल्डकपको ११ औं संस्करणमा खारम्बु स्पोर्टस क्लवले विजयी सुरुवात गरेको छ । जिल्लाकै सर्वाधिक राशीको गोल्डकपको उद्घाटन खेलमा पेनाल्टी सुटआउटमा खोटाङ भगवती स्पोर्टस क्लवलाई १ का विरुद्ध ३ गोल अन्तरले हराउँदै खारम्बुले विजयी सुरुवात गरेको हो ।

    निर्धारित समयमा १/१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । गत वर्ष सञ्चालित १० औं संस्करणको विजेता बनेको खारम्बु स्पोर्टस क्लव र उपविजेता खोटाङ भगवती स्पोर्टस क्लवबीचमै पहिलो खेल भएको थियो । खारम्बु स्पोर्टस क्लवका गोलकिपर उपेन्द्र राई प्रतियोगीताका म्यानअफद म्याच भएका छन् ।

    मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि विगत १५ वर्ष अघि सुरु गरिएको ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ बिहिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका हुन् । पृथ्बी मावि बाक्सिलाको खेल मैदानमा आगामी फागुन २६ गतेसम्म जारी रहने बाक्सिला गोल्डकपको ११ औं संस्करणका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपैयाँ पाउने आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।

    फुटबलको व्यवसायीक बिकासको लक्ष्य लिएर २०६२ सालमा स्थापित बाक्सिला फुटबल क्लवको आयोजनामा २०६१ सालदेखि सञ्चालन हुँदैआएको प्रतियोगीताका बेष्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ११ हजार १११, बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर र बेष्ट कोचलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिने जनाइएको छ । जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले बताए ।

    प्रतियोगीतामा खारम्बु स्पोर्टस क्लव, बाक्सिला फुटबल क्लव, सोल्मा स्पोर्टस क्लव, नेर्पा स्पोर्टस क्लव, हलेसी तुवाचुङ स्पोर्टस क्लव, जन्तेढुंगा स्पोर्टस क्लव, खोटाङ भगवती स्पोर्टस क्लव र हलेसी खेलकुद विकास समितिको सहभागीता रहेको छ । गोल्डकपका लागि केपीलासगढी गाउँपालिकाले ५ लाख आर्थिक सहयोग गरेपछि क्लवले प्रतियोगीताको नाम ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ राख्ने निर्णय गरेको छ ।
    गोल्डकप उद्घाटनमा प्रदेशसभा सांसद राजन राई, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण राई, उपाध्यक्ष हिरादेवी बन लगायतको उपस्थिति रहेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology