• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

याम्खामा स्वास्थ्य चौकीको पक्की भवन

याम्खामा स्वास्थ्य चौकीको पक्की भवन


समायोजन खबर
  • मंगलबार, फाल्गुन २० २०७६

  • याम्खा स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई लगायत । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । दुई तले भवनको मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका हुन् ।

    शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइ (भवन) मोरङ्गको दुई करोड ४१ लाख एबं प्राविधिक सहयोगमा सगरमाथा घिमिरे निर्माण सेवा प्रालिले भवन निर्माण गरेको हो । २०७२ पुस २३ गते सम्झौता भई दुई वर्षमा निर्माण सक्नुपर्ने भवनको काम कार्यालयकै दुविधाका कारण पुःन दुई वर्ष म्याद थप निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।

    यसअघि पूरानो गोदाम हाल प्रहरी चौकी याम्खाको माथिल्लो तलाबाट स्वास्थ्य चौकीको कामकाज भईरहेको थियो । आफ्नै भवन भएपछि सेवा प्रवाहमा सहज हुने जनाइएको छ । स्वास्थ्य चौकीमा आवश्यक सामग्रीहरुको निरन्तर पूर्ति गर्दै जाने गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    भवन उद्घाटनकाक्रममा स्वास्थ्य चौकी भवन निर्माण गर्न निःशुल्क चार रोपनी जग्गादान गर्नुहुने जग्गदाता नारायण बहादुर राई र हिराशोभा राईलाई सम्मान गरिएको छ । उहाँहरुलाई गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सपना राई, सगरमाथा घिमिरे निर्माण सेवा प्रालिका प्रतिनिधिले सम्मानपत्र हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरेका थिए ।
    २०७६ फागुन २० गते बिहान ९ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology