समायोजन खबर खोटाङ,
दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फिर्ता गएको महालेखा परीक्षकको टोली दुई महिनापछि लेखा परीक्षणका लागि पुःन फर्किएको छ । ४६ दिन लगाएर जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखा परीक्षण गरेर गत पुस ७ गते फर्किएको महालेखा परीक्षकको टोली २ महिना १२ दिनपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण गर्न आइपुगेको हो ।
महालेखा परीक्षकको कार्यालयका निर्देशक रमेश नेपाल नेतृत्वको चारजनाको टोलीले सोमबारदेखि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षणको काम सुरु गरेको छ । महालेखाको टोली इन्जिनियर सहित दिप्रुङ आइपुगेको हो । सोमबार बिहान बैठक राखेर महालेखाको टोलीलाई कागजात बुझाएपछि लेखा परिक्षणको काम सुरु भएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।
कार्यालयमा आएर लेखा परीक्षण गर्न आग्रह गर्दा जनशक्ति अभाव देखाउँदै महालेखा परीक्षकको टोली काठ्माण्डौं फर्किएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण हुन सकेको थिएन । महालेखाले बोलाएको ठाउँमा गाउँपालिका नजाँदा र गाउँपालिकाले बोलाएको ठाउँमा महालेखा जान नचाहँदा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण छुटेको थियो ।
लेखा परीक्षण नगरी फर्किएपछि महालेखा परिक्षकको सर्वत्र आलोचना भएको थियो । ‘अडिट भनेको कागजको श्रेष्ता मिलाउने मात्र होईन । कामको मूल्यांकन पनि हो । कागजमा उल्लेख भए अनुसार काम नभएको छैन भने साईडमा गएर निरीक्षण पनि गर्नुपर्छ भन्ने हाम्रो माग थियो,’ अध्यक्ष राईले भने, ‘अहिले इन्जिनियर सहित नै महालेखा आएकाले हाम्रो माग सम्बोधन भएको छ । शंका लागेको आयोजनालाई इन्जिनियर नै लगेर हेरिदियोस भन्ने हाम्रो माग छ ।’
२०७६ फागुन १९ गते राती ९ :२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology