समायोजन खबर खोटाङ,
खोटाङकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा अवस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा शनिबारबाट हप्ताको दुई दिन उडान हुने भएको छ । गत मंगलबार सफल परिक्षण उडानपछि शनिबार खानीडाँडा–काठमाण्डौ पहिलो उडान हुने भएको हो ।
नेपाल एयरलाईन्सले मंगलबार र शनिबार खानीडाँडा–काठमाण्डौ उडान भर्ने मनमाया राई खानीडाँडा नागरिक उडड्यन कार्यालयले जनाएको छ । सदरमुकाम नजिक रहेको विमानस्थल करीव २१ महिनापछि सञ्चालनमा आउदा जिल्लावासी हर्षित छन् । पहिरोेले तानेपछि २०७५ साल जेठ १ गतेबाट विमानस्थलमा उडान तथा अवतरण बन्द रहेको थियो ।
२०७६ फागुन १८ गते बिहान ९ :२५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology