चिसाङ शेर्पा खोटाङ,
सर्वाधिक धनराशी भएको ११ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आगामी फागुन २२ गतेदेखी २६ गतेसम्म सञ्चालन हुने गोल्डकपको दिक्तेलमा शनिबार पत्रकार सम्मेलनगरी खेल तालिका सार्वजनिक गरिएको हो ।
प्रतियोगितामा खारम्बु स्पोर्टस क्लव–खोटाङ भगवती स्पोर्टस क्लब, नेर्पा स्पोर्टस क्लब–बाक्स्लिा फुटबल क्लब, हलेसी खेलकुद विकास समिति–सोल्मा स्पोर्टस क्लब, जन्तेढुंगा स्पोर्टस क्लब– हलेसी तुवाचुङ फुटबल क्लबविच प्रतिष्पर्धा हुने बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताए । 
केपिलासगढी गाउँपालिका–४ बाक्सिला खेलमैदानमा सञ्चालन हुने गोल्डकपका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपैयाँ पाउने छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ११ हजार १११, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिने क्लवका सचिव पवन श्रेष्ठले जानकारी दिए ।
गोल्डकपको अवसरमा क्लवका पूर्वअध्यक्षद्धय कृष्णकुमार राई, समीर राई र खारम्बु स्पोर्टस क्लवका अध्यक्ष भानु राईलाई सम्मान गरिने जनाएको छ । गोल्डकपका लागि केपिलासगढी गाउँपालिकाले ५ लाख आर्थिक सहयोग गर्ने भएपछि क्लवले प्रतियोगीताको नाम ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ राख्ने निर्णय गरेको जानकारी दिएको छ । 
यस्तै, १० औं संस्करणकाक्रममा निर्णायकमाथि हातपात गरेकामा बुईपा खेलकुद समुह ११ लाई ११ औं संस्करणमा सहभागी नगराइने क्लवका अध्यक्ष राईले बताए ।
२०७६ फागुन १७ गते साँझ ७ :१८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology