७६ वर्षीया जुरीमाया कक्षा-२ मा अध्ययन गर्दै

७६ वर्षीया जुरीमाया कक्षा-२ मा अध्ययन गर्दै




चिसाङ शेर्पा खोटाङ,
खोटाङको केपिलासगढी गाउँपालिका–४ वाक्सिलामा २००१ सालमा जन्मिएकी ७६ वर्षीय जुरीमाया राई यतिबेला कक्षा–२ मा अध्ययनरत छिन् । सेतै कपाल फुलेको, आँखाले भर नदिएर चश्माको साहारा लिएर जीवनको उतराद्र्धमा दुई कक्षामा अध्ययन गर्दै प्रेरणाकी पात्र बनेकी जुरीमाया आफू मात्रै पढिरहेकी छैनन, सिंगो समाजलाई नै हौसला दिइरहेकी छिन् ।

औषत उमेरका विद्यार्थीभन्दा पाको मात्रै होइन बृद्धावस्थाकी जुरीमाया दुई वर्षदेखि खोटाङको दिक्तेलबजारमा रहेको सरस्वती नमुना माविमा अध्ययन गरिरहेकी छिन् । बाल्यावस्थामा सामाजिक कुसंस्कार र अन्धविश्वासका कारण पढ्न नपाएकी ७६ वर्षीया जुरीमाया जीवनको उतराद्र्धमा भए पनि आफ्नो पढ्ने धोको पूरा गर्दैछिन्, पढिरहेकी छिन् । अहिले उनको दैनिकी बिहान स्कुल आउने बेलुका डेरा जाने र अधिकतम पढ्ने मात्रै हो । तर, उमेरका कारण बेलाबेलामा घुँडा दुख्ने समस्याले स्कुल आउन अनि डेरासम्म जानलाई उनलाई सकस हुन्छ ।


नाम लेख्नु, पढ्नु, मोवाईल चलाउन जान्न मन लाग्दो रहेछ । नजान्दा साह्रै दुःख पाईदो रहेछ । त्यसो हुनाले पढ्न मन लागेर कक्षा–२ मा पढीरहेको जुरीमायाले बताईन् । पहिला छोरी मान्छेले पढ्नु हुन्न, छोराले मात्रै पढ्नुपर्छ भन्ने अन्धविश्वास थियो । दुखेको घुँडा मोल्दै जुरीमायाले भनिन् “म त्यसैको शिकार भए ।” १६ सय ८१ विद्यार्थी अध्ययनरत त्यस विद्धालयको एक असाधारण विद्यार्थी जुरीमाया बृद्धभत्ताको पैसाले कापी कलमको जोहो गर्दै नातीनातिना उमेरका अन्य विद्यार्थीसंगै पढ्दा उनले त्यो बेलाको समाज र बाल्यवस्था झलझली सम्झिन्छन् ।

आफूले विना शिक्षा अन्धकारजस्तै ७६ वर्ष गुजारेको कालो विगत सम्झदै जुरीमायाले आफ्ना वरपर भएका ससाना नानीहरुलाई जसरी भए पनि पढाउनुपर्ने बताउँछिन् । चिट्ठी लेख्न, मोबाईल चलाउन मात्रै जानियो भने पनि जीवन धेरै सहज हुने उनको अनुभव छ । छोरीलाई पढाउनु हुँदैन भन्ने अन्धविश्वासको शिकारमा पिल्सदै आएकी जुरीमाया २०१९ सालमा विवाह बन्धनमा बाँधिएकी थिईन् । उनका सन्तान छैन । श्रीमान् अर्की श्रीमतीसंग बस्छन् भने उनी दिक्तेलमा डेरा लिएर पढाई अगाडि बढाइरहेकी छिन् ।
जुरीमायाको पढाईप्रतिको लगावले अरुलाई पनि हौसला दिएको समाविका प्रधानाध्यापक ध्यानबहादुर राईले बताए । शिक्षा लिनलाई उमेरले नछेक्ने र शिक्षा जुनसुकै उमेरमा लिन सकिन्छ भन्ने दरिलो प्रमाण जुरीमाया हो । प्रअ राई थप्छन्, ‘शिक्षाप्रतिको लगावले सिंगो स्कुल र समाजको लागि जुरीमाया पे्ररणाको खानी बन्नुभएको छ ।
बृद्धावस्थामा पनि विद्यालय धाएर समाज तथा अन्य विद्यार्थीलाई शिक्षाप्रति अभिप्रेरित गर्ने जुरीमायालाई केही समय अगाडी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, सरस्वती नमुना माविकै भूपु विधार्थीले सम्मान पनि गरेका छन् । जुरीमायाको विद्यालय मोह र पढ्ने रहरलाई सेताम्य कपाल र बृद्ध शरिरले अझै छेकेको छैन ।
२०७६ फागुन १७ गते बिहान ६ :३८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology