दिप्रुङमा तरकारी संकलन केन्द्र

दिप्रुङमा तरकारी संकलन केन्द्र




चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ । कृषकहरुले उत्पादन गरेका र कृषकहरुले उपभोग गरेर वाँकी रहेका कृषि उपजहरु संकलन केन्द्रमा लगेर विक्री गर्नलाई सप्तेश्वर छितापोखरीस्थित नाराङगामा संकलन केन्द्र स्थापना गरिएको हो ।

गाउँपालिकाको ४ लाख ५० हजार अनुदान र दिप्रुङ चुईचुम्मा सप्लार्यसको करीव १० लाख लगानीमा निर्माण गरिएको तरकारी संकलन केन्द्रको बिहीबार गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका छन् । संकलन केन्द्र स्थापना भएपछि कृषकहरुले उत्पादन गरेका कृषिउपजहरु खेर नजाने र उचित मुल्य पाउने छन् ।

संकलन केन्द्रमा तत्कालका लागि चाँडो नबिग्रने कृषि उपजहरु मास, बोडी, भटमास, अलैची, बेसर, अदुवा, सुन्तला, कागती, मह, अम्लिसो, स्याउ, किवी, गुन्द्रुक, सिन्की, खुर्सानी, प्याज ,फर्सी, काक्रा, आँप, लिची, आरु, नासपातीजस्ता कृषिउपज विक्री गर्न सकिनेछ । आफूहले गाउँपालिकाले निर्धारण गरेको मुल्य अनुसार कृषिउपजहरु खरीद गरिने दिप्रुङ चुईचुम्मा सप्लार्यसका सन्चालक पवन राईले बताए । सप्लार्यसले किसानबाट खरीद गरेको कृषिउपजहरु अन्यत्र लगेर विक्रीवितरण गर्नेछन् ।

गाउँपालिकाको कृषकहरुको लागि बजारको ग्यारेन्टी गर्दैे तरकारी संकलन केन्द्रको स्थापना गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । संकलन केन्द्रको अन्य तयारी पूरा नभएसम्म तत्काल कृषकहरुले नबिग्रने कृषि उपजहरु लगेर विक्री गर्न सकिने र विग्रने कृषि उपजहरुका लागि पनि चाँडै दिन तोकिने र उक्त दिनमा कृषकहरुले कृषिउपजहरु केन्द्रमा लगेर विक्री गर्न सकिने अध्यक्ष राईले बताए ।
२०७६ फागुन १५ गते साँझ ५ :२३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology