• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दोश्रो चरणमा बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप दिन सुरु

दोश्रो चरणमा बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप दिन सुरु


समायोजन खबर
  • बिहिबार, फाल्गुन १५ २०७६

  • दिक्तेलमा बालिका दिप्ती श्रेष्ठलाई खोप लगाएर दादुरा–रुबेलाविरुद्धको खोप उद्घाटन गरिदै । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा बालबालिकाहरुलाई दोश्रो चरणको दादुरा–रुबेला बिरुद्धको खोप दिन सुरु गरिएकोे छ । ‘नेपालबाट दादुरा–रुवेला खोप पुर्णरुपमा निवारण गरौं’ भन्ने नाराका साथमा स्वास्थ्य मन्त्रालयले सुरु गरेको राष्ट्रिय खोप अभियान अन्तर्गत बिहीबारबाट खोटाङमा दोश्रो चरणको दादुरा–रुवेला बिरुद्धको खोप दिन सुरु गरिएको हो ।
    २३ फागुनसम्म सञ्चालन हुने खोप अभियानको दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले दिप प्रज्ज्वलन गर्दै राष्ट्रिय खोप अभियानको उद्घाटन गरे । उद्घाटनपछि प्रतिनिधिसभा सदस्य भट्टराईको काखमा राखिएकी बालिका दिप्ती श्रेष्ठलाई स्वास्थ्यकर्मीले दादुरा–रुबेला बिरुद्धको खोप लगाउदै अभियान सुरुवात गरिएको छ ।
    नौ महिनादेखी पाँचवर्ष मुनीका बालबालिकालाई नछुटाई दादुरा–रुबेला बिरुद्धको खोप लगाउन दोश्रो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, रावावेंशी गाउँपालिका, केपिलासगढी गाउँपालिका, ऐंसेलुखर्क गाउँपालिकामा अभियान सुरु भएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए । सातवटा पालिकाहरुमा नौ महिनादेखी पाँचवर्ष मुनीका १३ हजार बालबालिका रहेको प्रमुख सिग्देलले जानकारी दिए ।
    खोप अभियानलाई सफल बनाउनका लागि हरेक स्थानीय तहले खोप समन्वय समिति, सरोकारवाला लगायतसँग अन्तरक्रिया तथा छलफल गरेर पुर्वतयारी गरिसकेको छ । निःशुल्क पाईने खोपले बालबालिकाको जिवन रक्षा गर्ने भएकाले दादुरा–रुबेला बिरुद्धको खोप अभियानमा कुनै पनि बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
    यसअघि, १ फागुनदेखी ९ फागुनसम्म खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा दादुरा–रुबेला बिरुद्धको खोप अभियान सञ्चालन भएको थियो । तीन पालिकामा लगभग पाँच हजार बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप लगाइएको छ ।
    २०७६ फागुन १५ गते अपरान्ह ३ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology