चिसाङ शेर्पा खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ज्येष्ठ नागरिक र अपांगता भएकाहरुलाई परिचय पत्र वितरण गरेको छ । नगरपालिकाले महादेवस्थान वडाका ज्येष्ठ नागरिक र अपांग गरी ५६ जनालाई परिचय पत्र वितरण गरेको हो ।
बुधबार महादेवस्थानको वडा कार्यालयमा वितरण कार्यक्रम राखेर ११ जना पुरुष ज्येष्ठ नागरिक तथा ९ जना महिला ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको महादेस्थानका वडाध्यक्ष चईन्द्र राईले समायोजन खबर डटकमलाई जानकारी दिए ।
यस्तै, अपांगता अन्तर्गत ‘ख’ वर्गका १२ जना ‘ग’ वर्गका ६ जना र ‘घ’ वर्गका १८ जना गरी १५ जना महिला र २१ जना पुरुषलाई अपांगता परिचयत्र पत्र वितरण गरिएको छ ।
२०७६ फागुन १४ गते साँझ ६ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology