समाजवादी पार्टीको बराहपोखरीमा वडा कमिटि गठन

समाजवादी पार्टीको बराहपोखरीमा वडा कमिटि गठन




समायोजन खबर खोटाङ,
समाजवादी पार्टी खोटाङले बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा अम्बर बहादुर मगरको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि गठन गरेको छ । पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत मंगलबार मगरको अध्यक्षतामा वडा कमिटि गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रोशन राई, सचिवमा डम्बर राई, सह–सचिवमा डेकलक्ष्मी राई र कोषाध्यक्षमा मन कुमारी राई रहेकी छन् । समाजवादी पार्टीका बराहपोखरी गाउँपालिका अध्यक्ष किशन राईको अध्यक्षतामा भएको वडा कमिटि गठन कार्यक्रममा समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापा, समाजवादी पार्टीका निर्वाचन आयोग केन्द्रीय सदस्य मोहन प्रसाद राई, जिल्ला कमिटि सदस्य कमल कुमार राई, जानुका राई, तिलक भुजेल लगायतको उपस्थिती थियो ।

यस्तै, बुधबार (आज) धुर्तुङ र बिहीबार साउनेचउरमा वडा कमिटि गठन गरिने समाजवादी पार्टीका जिल्ला अध्यक्ष थापाले जानकारी दिए ।
२०७६ फागुन १४ गते बिहान ११ :२७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology