चिसाङ शेर्पा खोटाङ,
भिम बहादुर विश्वकर्मा ३५ वर्ष पुगे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका विश्वकर्मा हस्तकला निर्माणमा निक्कै पारङगत छन् । उनले दर्जनौ किसिमका हस्तकला सामग्रीहरु तयार पारेका छन् ।
वाँसका जराबाट उनले कुनै पनि जनावर तथा पंक्षीहरुको हुबहु मूर्ति तयार पार्छन् । कुनै पनि संघसंस्थाबाट हस्तकला निर्माण सम्बन्धि तालिम नलिएका उनी एउटा गतिलो उदाहरण हुन् । ता कि मान्छेले चाहाना गर्ने हो भने गर्न नसकिने केही छैन भन्नेमा । २०६१ सालबाट ‘दिक्तेले भीम हेण्डीक्राफ्ट’ खोलेर हस्तकलाको काम गर्दै आएका उनले दिक्तेलमा चलिरहेको ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’मा आफूले निर्माण गरेका विभिन्न प्रकृतीका हस्तकला सामग्रीहरु प्रदर्शनीमा राखेका छन् ।
उनले ड्राइगन, वाँदर, कंगारु, वाँदरले वच्चा वोकेको, चराले बचेरालाई चारो खुवाएको, सर्पले पानी फालेको, शिवजी, कुकुर, गौतम बुद्ध, लाटकोसेरो, हुचिल, गरुडले सर्प खाँदै गरेको र विभिन्न आकृतीका घंघारुका लट्ठीहरु प्रदर्शनीमा राखेका छन् । उचित मूल्य पाएमा विक्री पनि गरिने विश्वकर्माले बताए । प्रदर्शनीमा राखिएका हस्तकला सामग्रीमध्ये ड्राइगनमा सवैको नजर पुगेको विश्वकर्मा बताउँछन् ।

एक श्रीमती, दुई छोरी, एक छोराका बुबा उनले २०६१ सालमा दिक्तेलमा भएको हस्तकला प्रदर्शनीमा सर्वोत्कृष्टताको प्रमाणपत्र पाएका थिए । हस्तकला प्रदर्शनी अन्तर्गत ०७० सालमा पुर्वाञ्चल प्रथम, क्षेत्रिय प्रथम, ०७१ सालमा नेपाल प्रथम र ०७२ सालमा सार्क राष्ट्र संघ हस्तकला प्रदर्शनीमा समेत उनले बनाएको हस्तकला सामग्री प्रदर्शनीमा राखिएको थियो ।
२०७६ फागुन १० गते राती ८ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology